शुक्रबार, १६ चैत २०८०

संचालनमा आयो केयरखबर

२ चैत्र २०७४, शुक्रबार २१:५६ मा प्रकाशित

काठमाडौँ , २ चैत । केयर फाउन्डेसनद्वारा संचालित केयरखबर शुक्रबारबाट संचालनमा आएको छ । बागबजार स्थित एक होटलमा गरिएको औपचारिक कार्यक्रमबीच केयरखबरलाई संचालनमा ल्याइएको हो ।

यो ‘न्युज पोर्टल’लाई नेपाली र उर्दु गरि दुई भाषामा संचालन गरिने पोर्टलका प्रधान सम्पादक एवं फ़ाउण्डेसनका महासचिव अब्दुस सबूरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,” समाजमा घटेका घटना र विभिन्न अवस्थालाई उजागर गर्न मिडियाको भूमिका महत्त्वपूर्ण छ, समाजमा तटस्त मिडियाको आवश्यकतालाई महसुस गरेर केयरखबरलाई संचालनमा ल्याइएको छ ।”

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष मोबिन खानले केयर फाउन्डेसनको उदेश्य र आवश्यकता बारे प्रकाश पार्नुभयो । फाउन्डेसनले सामाजिक सांस्कृतिक, शिक्षा, अर्थ, मानव अधिकार र मिडियाको क्षेत्रमा काम गर्दै आइरहेको खानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , “फाउन्डेसनको धेरै उदेश्य मध्ये एक नेपालमा एउटा प्रभावकारी तटस्त मिडिया हाउसको स्थापना गर्नु पनि हो ,त्यो कामको सुरुवात हामीले केयरखबरबाट सुरु गरेका हौ ।”

केयरखबरको सम्पादकमा अफरोज अर्पणलाई जिम्मेवारी दिएको छ । अर्पण बिगत आठ वर्षदेखि पत्रकारितामा सक्रिय रहदै आउनुभएको छ ।
कार्यक्रममा पुर्व गृहराज्य मन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष मोहम्मद रिजवन अन्सारी,पूर्वमन्त्री मोहम्मद जाकिर हुसेन, वामी नेपालका कन्ट्री डाइरेक्टर डा.समिम अहमद, अनुसन्धनकर्ता प्रोफेसर जाहिद परवेज,अख्तर हुसेन, मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अत्तहर हुसेन फारूकी, मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष माेहम्मद निजामुद्दिन, नेपाल मुस्लिम इत्तेहाद संगठनका उपाध्यक्ष ताज महम्मद मियाँ, अब्दुल्लाह गुरूङ लगायत बिभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरुले मिडियाको आवश्यकता, चुनौती र अवसर बारेमा आआफ्नो धारणा राख्नुभएकाे थियाे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter