शुक्रबार, १६ चैत २०८०

हिफ़्ज़ प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्त्व उमर फारूकले गर्ने

शमशाद आदिल

१२ फाल्गुन २०७४, शनिबार १४:५५ मा प्रकाशित

१२ फाल्गुन  काठमाडौं । देशैभरी का विभिन्न मदरसामा क़ुरआन शरीफलाई कण्ठ गर्ने बिदद्यार्थीहरुलाई समेटेर गराइएको हिफ़्ज़ प्रतिस्पर्धामा उमर फारूक प्रथम भएका छन् । प्रथम हुने उमर फारूकले दुबईमा हुन लागेको अंतर्राष्ट्रीय हिफ़्ज़(कण्ठ ) प्रतिस्पर्धामा सहभागी हुन पाउने अल्हेरा एजुकेशनल सोसाइटीका सह सचिव सेराज अहमदले बताए।

अल्हेरा एजुकेशनल सोसाईटीको आयोजनामा सम्पन्न भएको हिफ़्ज़ प्रतिस्पर्धामा नेपाल भरीबाट विभिन्न मदरसाका १८ जना बिद्यार्थी सामेल भएका थिए । प्रथम हुने फारूक नारायणघाटमा रहेकाे जामिया अबुल हसन नदवीमा अध्ययन गर्ने  बिद्यार्थी हुन् । द्वित्तीय परुस्कार पाउने अंजारूल हक मदरसा दारुल उलूम नुरुलइस्लाम जलपापुर सुनसरीमा अध्यन गर्दै छन । त्यस्तै तृतीय पुरस्कार हात पार्न सफल भएका समीरुद्दीन मदरसा कासमिया घुसकी सुनसरीमा हिफ़्ज़ का बिद्यार्थी हुन ।

पहिलो, दोस्रो र तेस्रो बिजेता हरु लाई क्रमशः पांच हजार , चार हजार र तीन हजार रुपैया नगद समेत दिएर सम्मानित गरिएको छ । इस्लामी संघ नेपालका अध्यक्ष तथा प्रतियोगित कार्यक्रमका सभापति खुर्शीद आलम इस्लाहीले कुरआन सबै मानवजातिको लागि अवतरित ईशवाणी हो । यसलाई बुझेर ब्यवहारमा लागू गरेमा सभ्य समाजको निर्माण हुने बताए। आलमले भने, हाम्रा नेपालका बिदद्यार्थीहरुले अंतर्राष्ट्रीय स्तरका हुफ़्फ़ाज़हरु संगको प्रतिस्पर्धा गर्न लायक रहेकोमा गर्व लागिरहेकाे छ ।

काठमाडाैंकाे एक होटलमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत मुस्लिम अगुवाहरुको उपस्थिति थियो। कुरआन कण्ठ गर्ने बिद्यार्थीलाई हाफ़िज़ भनिन्छ भने यो पढाई लाई हिफ़्ज़ भनिन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter