बिहिबार, १३ बैशाख २०८१

सीरिया अाक्रमण बिरूद काठमाडाैंमा प्रदर्शन

 शमशाद आदिल

१४ फाल्गुन २०७४, सोमबार २१:१४ मा प्रकाशित

काठमांडौ । माइतीघर मण्डला काठमांडौमा साेमबार एक कार्यक्रम गरी नेपाली समुदायले सीरियामा भई रहेको मानव नरसंहारको घोर विरोध गरेको छ ।समाजिक ,साहित्यिक, शैक्षिक क्षेत्रका अगुवाद्वारा आयोजित बिरोध प्रदर्शनले नेपाली समुदाय मानवता पक्षधर भएकोले सीरियन जनताहरुको आँसूमा साथ दिइरहेको सन्देश दिएकाे छ ।

कार्यक्रममा अधिवक्ता गोबिन्द बेदीले अमेरिकी चाल र कुटनीति बारे सबै जागरूक हुनु पर्ने बताए ।अमेरिका हरेक पटक आफ्नो निर्लज्जता प्रदर्शन गरेको छ ।हाम्रो देश गरीब भए पनि मानवताको पक्षधर रहेकोले कूटनीतिक तवरले अंतर्राष्ट्रीय स्तरमा सीरियामा जारी वैदेशिक हस्तक्षेपको बिरोध गर्नु पर्ने बताए।

शैक्षिक क्षेत्रमा कार्यरत लिनु चापागाईले संसार लाटो भएर टूलु टुलू हेरेर बसी रहदा  पनि हामी नेपाली अन्याय र अत्याचारको बिरुद्ध लड़न साहसी भएको बताइन । गौतम बुद्ध लगायत विभिन्न पौरखीहरुको देशको बासी भएकाेले हाम्रो दायित्व जहिले पनि सत्यताको साथ दिनु पर्ने बोध गराइन।अंतर्राष्ट्रीय मानव अधिकारवादी , बाल बालिका, महिला ,वातावरणीय संघ संस्थाहरुले अहिले सम्म कुनै पनि प्रतिक्रिया नदिएकाेले  वक्ताहरु खेद प्रकट गरेका छन । नारा बाजी गर्दै प्रदर्शनकारीहरु सम्पूर्ण संसारका मानवतावादीहरु एकजुट रहेको सन्देश दिएका छन। कार्यक्रममा युवा विद्यार्थीहरुको पनि सराहनीय उपस्थिति रहेकाे थियो । स्टोप फेक वार, वी आर विथ यू , स्टैंड अगेन वार क्रिमनल जस्ता हाते कार्ड लिएर बिरोध प्रदर्शन गरेका छन।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter