बिहिबार, १५ चैत २०८०

श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने

१४ फाल्गुन २०७४, सोमबार १०:४३ मा प्रकाशित

मुम्बइ, १४ फागुन ।  भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको थियो ।

अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेकोले उनको पार्थिक शरीरलाई सोमबार अपरान्हसम्म पनि मुम्बइ ल्याउन सकिएको छैन ।

सोमबार साँझसम्म उनको पार्थिक शरीरलाई मुम्बइ ल्याइने र साेमबार राति अबेर हुने भएकोले मंगलबार उहाँको अन्तिम संस्कार हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

‘डेथ सर्टिफिकेट’ प्राप्त नभएकोले ढिला भएको र त्यो प्राप्त गरेपछि स्वदेश पठाइने दुबइमा रहेको भारतीय दूतावासका अधिकारीहरुले जानएका छन् ।

उनीहरुकाअनुसार संयुक्त अरब इमिरेट्सको स्थानीय समयाअनुसार अपराह्न ३ः३० बजे उहाँको पार्थिक शरीर आफन्तजनलाई दिने जानकारी अस्पतालले दिएको छ ।

उनको निधनको समाचारले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारणलगायत विदेशीसमेत स्तब्ध भएका छन् ।

साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् ।

चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको  थिइन् । उनले मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा, जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्रमा अभिनय गरेकी छिन् ।

(रासस÷एएफपी )

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter