शुक्रबार, १४ बैशाख २०८१

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौं रुपया बराबरको अवैध चल्ला नष्ट

१४ श्रावण २०७७, बुधबार १५:५५ मा प्रकाशित

 

अजय मिश्र, कृष्णनगर, साउन १४
कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका वडा नं १
मड्हा बाट १२ कार्टून प्रति कार्टून १५० चल्लाका दरले अन्दाजी १८०० चल्ला बरामद गरेको छ।
बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका १ अवस्थित सुरही खोलाको किनारमा रहेको खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि , भद्र भलादमी,प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य १ लाख ३५ हजार सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जानकारी दिएको छ।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter