शुक्रबार, १४ बैशाख २०८१

प्रहरी द्वारा गणेशपुर , बहादुरगंज, कृष्णनगरमा कोरोना सचेतना र्याली

२ श्रावण २०७७, शुक्रबार १७:०९ मा प्रकाशित

 

कृष्णनगर , साउन, २

इलाका प्रहरी कार्यालय बहादुरगंज ,इलाका प्रहरी कार्यालय कृष्णनगरले र इलाका प्रहरी कार्यालय गणेशपुर कोरोना सचेतना र्याली निकालेको छ ।

 

लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ९ बजे र्यालीको आयोजना गरिएको इलाका प्रहरी कार्यालय गणेशपुर प्रहरी निरीक्षक मधु नेपाल ले बताउनु भयो । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट

सुरु भएको र्यालीले आएर पुनः फर्किएर बहादुरगंज चौकमा कोण सभामा परिणत भएको थियो । र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट सुरु भएको र्याली गोल घर हुदै कृष्णनगर बजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो l लक डाउन खुकुलो भए पनि कोभिड १९ को संक्रमण अझै न्यूनीकरण नभएकाले लापरबाही गर्न नहुने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनु भएको छ ।

प्रहरी द्वारा बहादुरगंज,कृष्णनगर, गणेशपुर, कोरोना सचेतना र्याली निकालिएको थियो

र्यालीमा सुरक्षाकर्मी, नगरपालिकाका जन प्रतिनिधि, नागरिक समाज, आफन्त नेपाल ,पुनर्स्थापना गृह , सशस्त्र प्रहरी, स्थानीय र पत्रकार लगायतको सहभागिता थियो ।

 

दुई मिटरको सामाजिक दुरी कायम गरौँ, बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गरौँ, साबुन पानीले हात धोऔँ लगायतका प्ले कार्ड बोकेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter