शुक्रबार, १४ बैशाख २०८१

आनलाइन पद्धति बाट राजस्व उठाउन सुरु, पहिलो करदाता नगरप्रमुख 

१ श्रावण २०७७, बिहीबार २२:४२ मा प्रकाशित

 

कपिलवस्तु ,साउन १

 

जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ ।

जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ देखि सबै वडा र केन्द्रसमेतमन उठ्ने राजस्व आनलाइन हुने प्रमुख

प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयाे । यस नगरका प्रत्येक शाखा र वडा कार्यालयलाई कागज मुक्त बनाएर प्रविधिको प्रयोगसंगै बर्षेनी ५ कराेडभन्दा बढी राजस्व उठाउन सकिने अधिकृत डांगीले दाबी गरेका छन ।

विहिवार नगरपालिकामा आयोजित अनलाइन प्रणाली समुद्घाटन कार्यक्रममा सबै वडामा साउन १ गतेदेखि अनलाइन प्रणालीमै राजस्व बुझ्ने र बुझाइएकाे रकम स्वयं हेर्न मिल्ने अधिकृत डांगीले बताए ।

आर्थिक प्रशासनमा पारदर्शिता भए नगरपालिकाकाे स्राेत बढ्छ र जनताले आपेक्षा गरेका बिकास सम्भव हुने नगरप्रमुख रजत प्रताप शाहकाे भनाई हो । सबै व्यवसायी, जग्गाधनि र संघसंस्थालाई नगरभित्रका बिकासमा टेवा पुर्याउन राजस्व जमा गर्न आग्रह गर्दे पहिलाे करदाताका रुपमा नगरप्रमुखकाे श्रीमती चन्द्रकान्ता सिंहकाे नाममा रहेकाे फर्मले पचीस सय नविकरण शुल्क र बीस हजार राजस्व तिरि उद्घाटन गरिएकाे थियाे ।

कार्यक्रमका वक्ताहरुले केही जनशक्तिहरुमा सुचनाप्रविधि बारे जानकारी नरहेकाेले नगरपालिका सबै कार्य प्रविधिमैत्री गर्न नसकेकाे अवस्थामा दक्षता बढाउन आवश्यक तालिमा संचालन गरि सुचना प्रविधिलाई आत्मसात गरि लाग्ने वक्तव्य राखेका थिए । दुई घण्टासम्म चलेकाे साे अनाैपचारिक प्रशिक्षणमा कार्यपालिका सदस्यहरु, वडा सचिव, शाखा प्रमुखहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter