शुक्रबार, १४ बैशाख २०८१

कृष्णनगर नगरपालिका द्वारा पुल निर्माण मा तिब्रता : स्थानीय खुसी

२९ मंसिर २०७६, आईतवार १९:५३ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु मंसिर २९

कृष्णनगर नगरपालिकाका प्रत्येक गाउंलाई नगरकेन्द्रसंग जाेड्ने उद्देश्यले धमाधम पुल तथा निर्माण कार्य भईरहेकाे छ ।
हिजाे ढाई कराेडकाे लागतमा अाधादर्जन गाउंलाई जाेड्ने घाेरही पुलकाे निर्माण शुरु गराएका नगरप्रमख रजत प्रताप शाहले अाज कृष्णनगर वडा १ काे डुमाई गाउंलाई मुख्य सडकसंग जाेड्ने सुरई खाेलामा झाेलुंगे पुलकाे शिलान्यास गर्नुभएकाे छ । कुल एक सय दस मिटर लामाे र सवा एक मिटर चाैडाईमा निर्माण हुने झाेलुंगे पुलले बर्षाेदेखि बिकासकाे मुखै नदेखेका डुमाईबासीले नगरपणरमुखकाे खुलेरै प्रशांसा गर्छन । सुरई खाेलामा पुल निर्माण भएपछि डुमाईका सयाैं बालबालिकाहरु गुरुचिहवा हुदै शिवानगर स्थित श्रीदेवी माद्यामिक बिद्यालयसम्म पुग्न समस्या नहुने कक्षा ५ मा अध्यनरत छात्रा निलम अारखले बताईन । भ्याट सहित सतासी लाख पचहत्तर हजार तीन सय एघार रुपैयाँकाे लागतमा बन्ने साे पुल नगरपालिकाकाे दाेस्राे झाेलुंगे पुल रहेकाे याेजना अधिकृत प्रदीप चाैधरीले जानकारी दिनुभयाे ।प्रत्येक गाउंलाई नगरपालिका केन्द्र तथा मुख्य बाटाेसंग जाेडेर बिकासका अन्य पुर्वाधारहरु पुर्याउन सरल हुने नगरप्रख रजत प्रताप शाहले बताउनुभयाे ।अार्थिक बर्ष ०७६/०७७ काे याेजनामा अधिकांश ठाेस याेजना हरु राखेकाे कृष्णनगर नगरपालिकाले अाउने तीन बर्षमा नमुना नगरपालिका बनाएरै छाड्ने नगरप्रमुख शाहले प्रतिवद्धता गरेका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter