०६ पुष २०८२

गैर कृषि व्यवसायको छनौट तथा उत्प्रेरणा तालिम

१८ फाल्गुन २०७५, शनिबार १८:५९ मा प्रकाशित

 

कपिलबस्तु /संवाददाता फाल्गुण १८

जिविकोपार्जन तथा वातावरण सुधार द्धारा समुदायको उत्थान शिलता सवलीकरण (SECURE) परियोजना अन्र्तगत कपिलबस्तुको यशोधरा गाउपालिका, २ र ३ बसन्तपुरमा गैर कृषि व्यवसायको छनौट तथा उत्प्रेरणा सम्बन्धी २ दिने तालिम दिइएको छ ।

युनाइटेड मिशन टु नेपाल संस्थाको सहयोगमा दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु आयोजना ( SECURE) परियोजना अन्र्तगत तालिममा व्यवसायको आवश्यकता, व्यवसायमा उत्प्रेरणा र व्यवसाय महसुस गराउने र स्थितीमा सुधार ल्याउने झल्को पार्ने गरि र महिलाहरुलाई आयआर्जन मुलक कामहरुमा लाग्न प्रेरित गर्न थालेको र महिलालाई उद्यमी र ब्यबसायी बनाउन सके आर्थिक,सामाजिक रुपमा नै परिवर्तन हुनेभन्दै महिलाहरुलाई आयआर्जन मुलक कामहरुमा लाग्न उत्प्रेरित गर्न ३० जना महिला सहभागी गराईएको तालिमका प्रशिक्षक बिजय सापकोटा ले बताउनु भएको छ ।

उद्यम तथा ब्यबसाय सुरुगरे मात्र आर्थिकरुपमा मजबुत हुने भएकाले महिलाहरुलाई आयआर्जनका कामहरुमा लाग्न प्रेरित गर्न थालिएको यस तालिम बाट आर्यआर्जन,सिपबिकास,क्षमताबिकासका कुराहरु, व्यवसाय प्रर्वद्धन गर्न आफुहरु यस्ता किसिमका तालिम पाउदा फलदायी भएको यशोधरा गाउपालिका महिलासहभागीहरुले बताईन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter