मङ्गलबार, १८ बैशाख २०८१

बुटवलको भाटभटेनीमा आगलागी

२५ चैत्र २०७४, आईतवार ०७:४४ मा प्रकाशित

बुटवल, २५ चैत (रासस) ः बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेको छ ।

भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ । आगलागी विद्युत् (सर्ट)चुहिएर भएको बताइएको छ तर यकिन भएको छैन । सो सुपरमार्केट गत वर्षदेखि रु ९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter