बुधबार, २६ बैशाख २०८१

क्रीस्टियानो रोनाल्डो संक्षिप्त परिचय

१६ चैत्र २०७८, बुधबार १८:१८ मा प्रकाशित

राजेश तामाङ /

क्रीस्टियानो रोनाल्डो एक विश्व प्रसिद्ध फुटबल खेलाडी जब फुटबलको कुरा आउँछ तब क्रीस्टियानो रोनाल्डोको नाम नआउने त कुरै हुदैन । संसारको विश्व प्रसिद्ध फुटबल खेलाडी क्रीस्टियानो रोनाल्डोको जन्म सन् १९८५ फेब्रुअरी ५ मा भएको हो । उनी हालै ईंग्लाण्ड राष्ट्रको म्यान्चेस्टर युनाईटेड आबंद छन र पोर्चुगलको राष्टिय फुटबल खेलाडी पनि हुन । क्रीस्टियानो रोनाल्डो अहिले ३७ बर्ष का छन् र अझै पनि राष्ट्रिय टोलिका कप्तान सम्हालिरहनु भएको छ । उनले सन् २००८ मा पहिलो पटक फिफा बेलन डि’ओर र फिफ विश्व खेलाडी उपाधी जितिसकेका छन् ।

उनले ५ पटक बेलन डि’ओर जितिसकेका छन् । युईएफए च्याम्पियन्स लिग पनि ५ पटक जितिसकेका छन् र युईएफए युरोका सर्वाधिक गोल कर्ता हुन भने च्याम्पियन्स लिगको एक सिजन सर्वाधिक गोल गरेको कीर्तिमान पनि उनकै नाममा छ । उनी चार पटक युरोपेलि जुत्ता जित्ने पहिलो खेलाडी पनि हुन र सर्वाधिक ब्यत्तिगत पुरस्कार प्राप्त गर्ने खेलाडी पनि हुन् । उनले आफ्नो खेल जिबनमा ८०० भन्दा बढी गोल गरेका उनी फुटबल जगतमा सबैभन्दा धेरै गोल गर्ने फुटबल खेलाडिको रुपमा चिनिन्छन् ।

उनको पूरा नाम क्रीस्टियानो रोनाल्डो रोनाल्डो डिस सान्टोस अभेइरो हो । विश्व फुटबलका सबैभन्दा महान फुटबल खेलाडीहरु मध्य एक मानिन्छ । सन् २०१५ मा क्रीस्टियानो रोनाल्डोलाई पोर्चुगलको फुटबल संघद्बारा पोर्चुगलको ईतिहासमा सबैभन्दा महान खेलाडी घोषणा गरेको थियो । क्रीस्टियानो रोनाल्डो ले सन् २०१६ मा आफ्नो देशलाई पहिलो प्रमुख अन्तरास्ट्रिय उपाधीको रुपमा युईएफए युरो कप जिताएका थिए । पोर्चुगलको ईतिहासमा सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन । उनलाई २०१६ र २०१७ मा इएसपियन र फोब्सले क्रमस : सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेको थियो ।

स्पोर्टिङ क्लबबाट आफ्नो खेल जीवन आरम्भ गरेका क्रीस्टियानो रोनाल्डोले आफ्नो स्वर्णनिम समय म्यान्चेस्टर युनाइटेड र रियल म्याड्रीडमा दिएर लालिगा , च्याम्पियन्स लिग , र क्लब वर्ल्ड कप लगाएत बिभिन्न्न पुरस्कारहरु जितिसकेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter