शुक्रबार, ०७ बैशाख २०८१

कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

११ फाल्गुन २०७७, मंगलवार २१:१९ मा प्रकाशित

 

कृष्णनगर, फाल्गुन ११

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा
रा. प्र. पा.का जिल्ला अध्यक्ष नारायण बहादुर सिंह द्वारा एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।

रा. प्र. पा. कृष्णनगर नगर अध्यक्ष सुरेन्द्र मौर्य को अध्यक्षतामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि नारायण बहादुर सिंह अतिथिमा रा. प्र. पा. केन्द्रीय सदस्य ध्रुव बहादुर रायमाझी, दिनेश चन्द गुप्त, श्याम कुमार मिश्र लगायत रहनु भयो ।

नजिकिदै गरेको पार्टीको केन्द्रीय अधिवेशन, कार्यकर्ता भेटघाट, पार्टीको सदस्यता वितरण र पार्टी लाई अझ मजबुत ढंगले अगाडि बढाउन लगायत उदेश्यका साथ पार्टी कार्यालय स्थापना गरिएको केन्द्रीय सदस्य श्याम कुमार मिश्रले बताए ।

रा. प्र. पार्टी प्रदेश सदस्य टेक बहादुर बस्नेत, रा. प्र. पार्टी कपिलवस्तु क्षेत्र नं ३ क्षेत्रिय अध्यक्ष प्रताप सिंह चौधरी, राम बहादुर रायमाझी, नान्हु कुर्मी लगायत अन्यको उपस्थित रहेको थियो ।

कार्यक्रम संचालन भने रा. प्र. पार्टी कपिलवस्तु जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्लले गर्नु भयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter