बिहिबार, १५ चैत २०८०

सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन अकरम पठानको अपिल

१३ कार्तिक २०७७, बिहीबार २१:२७ मा प्रकाशित

 

कात्तिक १३, कपिलवस्तु

 

शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन कृष्णनगर नगरपालिका वडा नं २ बस्ने तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठानले अपिल गर्नुभएको छ ।

उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कोभिड १९ महामारीबाट सचेत रहेर आफुलाई सुरक्षित राख्दै सबै चाडपर्व मनाउन प्रदेश बासी संग अपिल गर्नुभयो ।

सरकारले तोकेको स्वास्थ्य मापदंड अनुसार नै सबैले सामाजिक दुरीका साथै स्वास्थ्यसम्बन्धि मापदण्डको पालना गरेर चाड पर्व मा

सहभागि हुन उहाँले आग्रह गर्नुभयो ।

कोभिड १९ का कारण यो वर्ष मनाइने सबै चाडपर्वहरु प्रभावित भएको जनाउँदै उहाँले सचेतना, सुरक्षा र सरसफाईबाट मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो ।

हालै सम्पन्न भएको दसैं लगायतका अन्य चाडपर्वमा देखिएको सदभाव र सामाजिक एकतालाई मोहम्मद डे मा पनि सबैले कायम राख्न प्रवक्ता पठानले अनुरोध गर्नुभयो ।

उहाँले केन्द्र र प्रदेश सरकारले विदा नदिएपनि स्थानीय सरकारले मोहम्मद डे लगायतका सबै धर्मावलम्बीका चाडपर्वहरुमा विदा दिनुपर्ने कुरामा जोड दिंदै कृष्णनगर नगरपालिकालाई शुक्रवार विदा घोषणा गर्न माग गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter