शुक्रबार, १६ चैत २०८०

खतमे नबुव्वत

सेराज अहमद फलाही

३ फाल्गुन २०७६, शनिबार २०:४३ मा प्रकाशित

खत्मे नबुवत अर्थात ईशदुतत्वको समाप्ति एउटा सर्वसहमति प्राप्त सत्यता हो । सम्पूर्ण मुस्लिम समुदाय यस कुरालाई स्वीकार गर्छन् कि अब नबुव्वत (ईशदुतत्व) को श्रृंखला समाप्त भइसकेको छ । हजरत मुहम्मद (स.) अल्लाहका अन्तिम सन्देष्टा हुनुहुन्छ । उहाँ (स.) को आगमनसँगै ईशदुतत्व र सन्देश आउने क्रम पूण भएर समाप्त भयो । अब कयामत (महाप्रलय) को दिनसम्म कुनै अर्काे रसुल, नबी (ईशदुत वा सन्देष्टा) आउने छैनन् । सन्देष्टाका कामहरु अब मुस्लिम समुदाय र विद्वानहरूले गर्नुपर्ने छ । ईन्जार अर्थात अवज्ञाको नराम्रो नतिजा तथा अल्लाहको यातनाबाट डराउने र तबशिर अर्थात आज्ञापालनको राम्रो नतिजा तथा अल्लाहको तर्फबाट सुभसुचना सुनाउने, दावत, तबलिग, सत्यको बयान, असत्यलाई असत्य औंल्याउने र सत्यको गवाही (शहादते हक) को काम अब मुस्लिम समुदायका विद्वान तथा बुद्धिजीवीहरुले गर्नेछन् ।
कुरआन र हदिसमा खत्मे नबुवतका प्रशस्त प्रमाणहरु बयान गरिएका छन् । ती मध्ये केही प्रष्ट र सरल प्रमाणहरु यहाँ प्रस्तुत गरिदैछ ।
कुरआनबाट प्रमाणहरुः
१. मुहम्मद (स.) तिमीहरूमध्ये कुनै पुरुषका पिता होइनन् तर उनी अल्लाहका रसूल एवं नबीहरूका समापक (अन्तिम नबी) हुन् । र, अल्लाह नै प्रत्येक वस्तुका ज्ञाता हुन् । (कुरआन ३३ः४०)
यस आयतको ब्याख्यामा प्रसिद्ध मुफस्सिर इमाम अबु जाफर बिन जरीर अत् तबरी (रह.) ले लेखेका छन्– यस अर्थमा कि उहाँ (स.) अन्तिम संदेष्टा हुनुहुन्छ । यस आयतको सर्वसम्मत व्याख्याबाट यो कुरा प्रष्ट हुन्छ कि ‘खातिमुन् नबिय्यीन्’ को अर्थ अन्तिम सन्देष्टा हो र यसैमाथि सम्पूर्ण आस्थावानहरुको सर्वव्यापी सहमति छ ।
२. आज मैले तिमीहरूको ‘दीन’ (जीवन पद्धति) लाई तिमीहरूका निम्ति पूर्ण गरेको छु र तिमीहरूप्रति आफ्नो अनुग्रह पूरा गरेको छु अनि तिमीहरूका लागि ‘दीन’ स्वरूप इस्लामलाई रोजेको छु । (कुरआन ५ः३)
कुरआनले प्रष्टरुपमा बयान गरिदिएको छ कि इस्लाम धर्म पूर्ण भयो । अब कुनै नयाँ शरीअत (विधान) र कुनै नयाँ सन्देष्टाको आवश्यकता बाँकी रहेन ।
३. र, (हे मुहम्मद स.!) हामीले तिमीलाई सम्पूर्ण मानवजातिका लागि शुभ–सन्देशबाहक तथा सचेतकको रूपमा पठाएका छौं । (कुरआन ३४ः२८)
यस आयतमा अझ बढी जोड दिदै स्पष्ट शब्दमा भनिएको छ कि सबै मानिसहरुका लागि मुहम्मद (स.) लाई सन्देष्टा बनाइएको छ र उहाँ (स.) नै सम्पूर्ण मानवजातिका लागि ईशदुत हुन् ।
४. (हे मुहम्मद (स.)!) भनिदेऊ– “हे मनुष्य हो ! म तिमीहरू सबैतर्फ त्यस अल्लाहद्वारा पठाइएको रसूल हुँ । (कुरआन ७ः१५८)
यस आयतको शैली अझ प्रष्ट छ । यसभन्दा पहिले ईशदुतहरु कुनै विशेष समुदाय र इलाकाको लागि पठाइन्थे । तर यस आयतमा पूरै मानवतालाई सम्बोधन गरेर यो कुरा भनिएको छ कि उहाँ (स.) अल्लाहको तर्पmबाट सम्पूर्ण मानवताका लागि ईशदुत बनाएर पठाइनु भएको छ ।
५. र, (हे मुहम्मद स.!) हामीले तिमीलाई सम्पूर्ण संसारबासीहरूका लागि दया मात्र बनाएर पठाएका छौं । (कुरआन २१ः१०७)
यस आयतमा यो पनि स्पष्ट संकेत पाइन्छ कि मुहम्मद (स.) अल्लाहका अन्तिम सन्देष्टा हुनुहुन्छ ।
हदिसबाट प्रमाणहरुः
हदिसमा खत्मे नबुव्वत (ईशदुतत्व समापन) का धेरै प्रमाणहरु भेटिन्छन् तर छोटकरीका लागि यहाँ केही प्रमाणहरु मात्र नकल गरिदैछ–
१. सअद् बिन अबी वक्कास (रजि.) बयान गछन् कि मुहम्मद (स.) ले अलि (रजि.) लाई भन्नुभयो– “के तिमी चाहदैनौ कि मसँग तिम्रो स्थान त्यही होस् जुन हारुन (अलै.) को मुसा (अलै.) सँग थियो, तर यस बाहेक कि मपछि कुनै ईशदुतत्व छैन । (सही मुस्लिम)
यस हदीसलाई सहद् बिन अबी वक्कास (रजि.) को माध्यमबाट ५ जना ताबइन् (रसुल (स.) संग नभेटेकोका आस्थावानहरु) ले बयान गरेका छन् ।
२. जुबैर बिन मुत्तइम (रजि.) बयान गर्छन् कि मुहम्मद (स.) ले भन्नुभयो, “र म आकिब (अन्तिम सन्देष्टा) हुँ ।” (सही बुखारी र सही मुस्लिम)
यो हदिसका बयानकर्ता इमाम इब्ने शेहाब अल्–जुहरी (रह.) ले ‘अल् अकिब’ को व्याख्या गर्दै भनेका छन्– “ऊ जसपछि अर्को कुनै ईशदुतको (जन्म) हुने छैन ।”
३. हजरत हुजैफा बिन अल् यमान (रजि.) बयान गर्छन् कि मुहम्मद (स.) ले भन्नुभयो– “र म अन्तिम सन्देष्टा हँु ।” (तिर्मीजी)
४. हजरत अबु मुुसा अब्दुल्लाह बिन कैस अल् अश्अरी (रजि.) बयान गर्छन् कि अल्लाहका रसुल (स.) ले भन्नुभयो,“म मुहम्मद हुँ, म अहमद हँु, र म अल्लाहका अन्तिम सन्देष्टा हँु ।” (सहीह मुस्लिम र मुस्नद अहमद)
५. अबु ओमामा अल बाहिली (सद्दी बिन अजलान) (रजि.) ले बयान गरे कि मुहम्मद (स.) ले भन्नुभयो,“म अन्तिम ईशदुत हँु र तिमीहरु अन्तिम उम्मत (समुदाय) हौ ।” (इब्ने माजा ४०७७)
६. हजरत सौबान (रजि.) ले बयान गरेका छन् कि मुहम्मद (स.) ले भन्नुभयो,“निस्संदेह मेरो उम्मतमा तीस (३०) झुठाहरु हुनेछन् । तिनीहरुमध्ये प्रत्येकले आफू ईशदूत हुने दाबी गर्नेछन् । म ईशदुत्व समापक हँु र मपछि कुनै सन्देष्टा हुनेछैन ।” (अबु दाउद)
७. हजरत उक्बा बिन आमिर (रजि.) को बयान छ कि मुहम्मद (स.) ले भन्नुभयो,“यदि मपछि कुनै ईशदुत हुनेथियो भने उमर (रजि.) हुन्थे ।” (तिर्मीजी, मुस्नद अहमद, मुस्तदरक अल् हाकिम)
८. हजरत अबु हुरैरह (रजि.) बयान गर्छन् कि मुहम्मद (स.) ले भन्नुभयो, “निस्सन्देह मेरो र मभन्दा पहिलेका सन्देष्टाहरुको उदाहरण त्यस व्यक्तिसरह छ जसले एउटा अति सुन्दर तरिका घर बनायो र त्यस घरलाई राम्ररी सिङ्गा¥यो तर त्यस घरको एक कुनामा एउटा इटाको स्थान खाली राख्यो । मानिसहरु त्यस घरको वरिपरि घुम्छन् र आश्चर्यचकित भएर सोध्छन्– “यहाँ इटा किन राखिएको छैन ?” उहाँ (स.) ले भन्नुभयो, “जानिराख ! म त्यो (नबीहरुको श्रृंखलाको) अन्तिम इटा हँु र म ईशदुतत्वका समापक हँु ।” (सहीह बुखारी र सहीह मुस्लिम)
९. हजरत अबु हुरैरह (रजि.) को बयान छ कि अल्लाहका रसुल (स.) ले भन्नुभयो, “मलाई अन्य सन्देष्टाहरुमाथि ६ वटा कुराहरु मार्फत श्रेष्ठता प्रदान गरिएको छ–
१. मलाई जामेउल कलाम (कम शब्दमा धेरै कुराहरु राख्न सक्ने क्षमता) प्रदान गरियो ।
२. रवाफद्वारा मेरो मद्दत गरियो ।
३. मरो लागि मालेगनिमत (युद्धमा प्राप्त मालसमान) हलाल गरियो ।
४. मेरो उम्मतलाई जमिनलाई पवित्र गर्ने साधन र नमाज पढ्ने स्थान बनाइयो ।
५. मलाई पूरै मानवजाति र जिन्नका लागि ईशदुत बनाएर पठाइएको छ ।
६. र ममाथि नै ईशदुतत्वको श्रुंखला समाप्त गरियो । (सहीह मुस्लिम, मुस्नद अहमद, तिर्मीजी)
१०. इमाम सइद बिन मुुसआबको माध्यमबाट अबु हुरैरह (रजि.) को बयान छ कि मुहम्मद (स.) ले भन्नुभयो,“ईशदुतत्वमध्येबाट ‘मुबश्शरात’ बाहेक केही बाँकी रहेन ।” सहाबाहरुले सोधे, “मुबश्शरात के हो ?” उहाँ (स.) ले जवाफ दिनुभयो, “साचो सपना ।” (सहीह बुखारी)
कुरआन र हदिसका यिनै प्रमाणहरुबाट यो कुरा सर्वस्वीकृत छ कि अब कयामतसम्म विश्वको कुनैपनि स्थानमा कसैले ईशदुतत्वको दाबी गर्छ भने स्पष्ट रुपमा ऊ झुठो ठहर हुन्छ । उसको ईशदुतत्वलाई स्वीकार गर्ने वा उसको दाबीमाथि प्रमाण माग्ने पनि मुस्लिम हुन सक्दैन । मुहम्मद (स.) का हदिसहरु र कथनहरुबाट थाहा हुन्छ कि महाप्रलयभन्दा पहिले ईशदुतत्वको झुठो दावेदारहरु धेरै उठनेछन् र मानिसहरुलाई फितना (परीक्षा) मा अल्झाउने छन् । त्यही झुठाहरुमध्ये कै एक हो तिरस्कृत मिर्जा गुलाम अहमद कादयानी ।
मिर्जा गुलाम अहमद कादयानी (जन्म– १३ फरवरी १८३५ र मृत्यु– २६ मई १९०८) को जीवन कलंकित छ । मतभेद र अन्तर–विरोधाभासले भरीपूर्ण छ । ऊ कहिले आफूलाई उम्मतको सुधारक भन्छ त कहिले इसा मसिह भन्छ । कहिले मेहदी भन्छ र कहिले आपूmलाई ईशदुत भन्छ । उसको उपदेशमा न कुनै गहिराई छ न कुनै सत्यता नै । उसको किताब र प्रवचनहरु सुन्दर पृष्ठमा छापिएका भएतापनि तिनका कथन र बयानहरु निराधार र कमजोर छन् । उसको भाषामा न कुनै किसिमको शालिनता छ न कुनै महानताको छाप नै छ । उसको आचारणमा न कुनै श्रेष्ठता छ र न उसको नैतिकतामा कुनै प्रभाव छ । उसको जीवनमा न कुनै बयान गर्ने लायक कार्य छ न कुनै घटना । उसलाई अनुसरण गर्नेहरु पनि राम्रा गुणहरुबाट बन्चित छन् । उसको पुरै जीवन यहाँसम्म कि उसको मृत्यु पनि बयान गर्ने लायक छैन । अर्थात ऊ एउटा झुठा, मक्कार र कपटी तथा पश्चिमको दलाल हो ।
यस वास्तविकतालाई इन्कार गर्न सकिदैन कि नबुव्वतको एउटा झुठा दावेदारलाई उठाइयो, उसलाई केही कुराहरु सिकाइयो, उसलाई एउटा कार्य सुम्पियो, उसलाई साँचो इस्लाम विरुद्ध एउटा मिशनमा लगाइयो, उसलाई सहयोगीहरु प्रदान गरियो, ठूलो आर्थिक लगानी गरियो, जसको नतिजा यो भयो कि त्यो झुठो दावेदार त मर्यो तर उसको मिशन आज पनि बाँकी छ । किनभने यसको पछाडि जुन शक्ति काम गर्दैैछ त्यो अहिले पनि इस्लाम विरोधी गतिविधिहरुमा पूर्ण रुपमा सव्रिmय छ । नेपालमा पनि कादयानीको गिरोह चालिस–पचास वर्षदेखि छ । र कादयानीयतका तलब खाने प्रचारकहरु नेपालको विभिन्न जिल्लाहरुमा कार्यरत छन् । ठाउँ–ठाउँमा तिनीहरु आफ्नो मिशन जारी राखेका छन् र उनका कार्यालय र प्रचारप्रसार केन्द्र कायम छन् । व्यापारिक मेला र बुक फेयरहरुमा आफ्ना प्रचारक स्टलहरु निर्धक्क भएर लगाउँछन् र मुस्लिमहरुका साथ अरुलाई पथभ्रष्ट पार्दैछन् । अनपढ तथा अशिक्षित मुस्लिमहरु दिनदिनै तिनीहरुसँग प्रभावित हुदैछन् र दीन–धर्मबाट टाढा हुदै आफ्नो इमान र आस्था बरबाद गर्दैछन् ।
कादयानियत वा मिर्जाइयत वा अहमदिया समुहको बुनियाद २३ मार्च १८८९ को दिन लुधियानामा राखियो र यस समय कादयानियत एउटा विश्वव्यापी फित्ना बनिसकेको छ । संसारभरि इस्लामिक विद्ववानहरु यस फित्नाविरुद्ध जागरुकताका साथ कार्यहरु गर्दैछन् । भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, साउदी अरब, मिश्र र अन्य मुस्लिम मुलुकहरु तथा अन्य मुलुकहरुका इस्लामिक विद्ववानहरुले सर्वसहमतीका साथ फत्वा (धर्मादेश) जारी गरेका छन् कि कादयानीइत इस्लामको दायराबाट खारेज छ । अहमदी वा कादयानी मुस्लिम होइनन् । मज्लिसे तहफ्फुजे खत्मे नबुव्वत, तहरिके खत्मे नबुव्वतका नामले विभिन्न संघ–संस्था र संगठनहरु सचालनमा आएका छन् । विभिन्न किसिमका पुस्तक तथा फोल्डर्स, पम्फलेट, बुकलेटहरु प्रकाशन गरिएका छन् । मज्लिसे तहफ्फुजे खत्मे नबुव्वत नेपाल पनि यही उद्देश्यको लागि बनाइएको छ र समय समयमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
नेपालका सर्वसाधारण मुस्लिम समाज, धार्मिक प्रवचकहरु र विशेष गरी जुम्माका प्रवचकहरुसंग अनुरोध छ कि खत्मे नबुव्वतलाई शिर्षक बनाएर जुमाका दिन प्रवचन दिनुहोस् । सर्वसाधारणलाई कादयानीयतको फित्नाबाट सचेत गर्नुहोस् । यस फित्नालाई फैलिनबाट रोक्न र यसलाई जरैबाट उखेलेर फ्याँक्न आफ्नो प्रयासमा तिव्रता ल्याउनुहोस् । इस्लामिक संघ संस्थाहरु, मदरसाहरुका जिम्मेवार व्यक्तिहरुसंग हार्दिक अपिल छ कि आ–आफ्नो पहुँचको सदुपयोग गरी यस फित्नालाई जरैबाट निर्मुल पार्नतिर लाग्नुहोस् ।
अल्लाहसँग दुआ छ कि हाम्रो दीन र इमानको सुरक्षा गरुन् र कादयानीयतको फित्नाबाट बचाउन् । आमीन् या रब्बल आलमीन् ।
 अनुवादकः अशरफ अलि फलाही

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter