शनिबार, ०५ जेठ २०८१

मर्कजुत्तालिम वद्दावा तेनुहवाको एक दिने हज एबम् उम्रह प्रशिक्षण कार्यक्रम सम्पन्न

२८ असार २०७६, शनिबार २३:०४ मा प्रकाशित

लुम्बिनी |हारून फैजी|
11 जुलाई तदनुसार बिक्रम सम्वत २०७६ आश्विन २६ गते मदरसा मर्कजुत्तालिम वद्दावहतिल इस्लामिया लुम्बिनी संस्किर्तिक नगर पालिका वडा नम्बर६ नेपाल ले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि तेनुहवा रुपन्देही मा एक दिने हज एबम् उम्रह प्रशिक्षण कार्यक्रम मदरसा का प्र:अ: मौलाना जलालुद्दिन रियाजी क‌ो अध्यक्षता मा सम्पन्न गरियो|
जानकारी होस् कि यस वर्ष नेपाल देखी लगभग १२ सय जना हजयात्री हज गर्नको लागी पबित्र स्थल मक्का जाने निश्चित भएको छ, जसको प्रथम उडान १८ जुलाई देखि शुरू हुने छ जबकी केही दिन अगाडि मात्र प्राप्त समाचार अनुसार नेपाल हज कमिटीको जारी सूचना अनुसार साउदी हज मन्त्रालय ले ३०० हज यात्री हरुलाई थप कोटा को अनुमति दिएको छ|
कार्यक्रम को शुरुवात हाफिज महमूद अहमद को कुरान पाठ बाट भयो
त्यस पछि लगत्तै वहाँ ले ‍‌हज्ज को स्रेठता को शिर्षक मा बोल्दै भन्नु भयो कि हज्ज इस्लाम को पाँच आधारहरू मध्ये एउटा महत्वपूर्ण आधार हो जो सम्पुर्ण मुस्लिम धनी बर्ग प्रति अनिवार्य गरिएको छ तत्पश्चात मौलाना जमिर अहमद मदनी ले “हज्ज का आधार र महत्त्व” को विषय मा बोल्दै भन्नु भयो कि हज्ज के हो,,? र कसरी गर्ने ? भनि छर्लङ्ग पार्नु भयाे । त्यस पछि मौलाना अब्दुल हक मदनीले प्रोजेक्टर प्रयोग गरी अभ्यसिक रूपमा हज का दिन हरू मा हामीले कहाँ? कुन ठाँउमा मा के कस्तो गर्ने बारेमा जानकारी दिनु भयाे । र अन्त्यमा कार्यक्रम को सफलता को” दुवा” गर्दै कार्यक्रम अन्त्य भएको घोषणा गरियोउक्त कार्यक्रममा हज यात्री बाहेक मदरसा का शिक्षक, शिक्षिका, बिध्यार्थी लगायत मुस्लिम समुदायको ठुलो संख्यामा उपस्थिति रहेको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter