०६ पुष २०८२

सङ्घीय समाजबादी फोरम नेपाल प्रति थारु समुदायको अाकर्षण बढ्दै

१८ फाल्गुन २०७५, शनिबार २२:२१ मा प्रकाशित

 

 

कपिलवस्तु/संवाददाता फाल्गुन १८

राजनैतिक अधिकार प्राप्तिका लागि थारुहरु सङ्घीय समाजवादी फोरम नेपालमा संगठित हुनुको विकल्प नरहेको अाज एक कार्यक्रमका बक्ताले बताएका छन । सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला तदर्थ समिति बर्दियाले संगठन सुदृढीकरणका लागि जिल्ला स्थित थारु समुदायका अगुवा नेताहरु संग गरेको छलफलमा थारु अगुवाहरुले यस्तो बताएका हुन । पार्टीका अग्रज थारु नेता चिरन्जिवी थारुको अध्यक्षता तथा प्रदेश नं.५ का प्रदेश अध्यक्ष अशोक कुमार यादवको प्रमुख अातिथ्यमा सम्पन्न छलफल कार्यक्रममा बर्दियाका ठाकुर राम थारु,दिपक चौधरी ,विश्राम थारु,मलखे यादव लगायतका नेताले पार्टीको नीति तथा सिद्धान्त बारे प्रष्ट पारेका थिए भने कार्यक्रमको सहजीकरण पंकज यादवले गर्नु भएको थियो ,प्रदेश न 5 को संघीय समाजवादी फोरम नेपाल को प्रवक्ता अकरम पठान ले जानकारी दिनु भयो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter