कपिलवस्तु/ संवाददाता फाल्गुन १७
नेपाल राष्ट्रिय शिक्षक सङगठन को आयोजना
विजयनगर गाउँपालिका को सहयोगमा मदरसामा कार्यरत शिक्षकहरु को अभिमुखिकरण तालिम हरिबोध प्राविमा आज देखि संचालन भएको छ । सो तालिम को प्रमुख अतिथि नेपाल शिक्षक सङगठन केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले ब्यानर पढेर उद्धघाटन गर्नु भएको छ । मदरसाहरुलाई मुल शिक्षामा ल्याउन को लागि साथै मुस्लिम सामुदाय लाई पनि शिक्षा मा पहुँच पुर्याउने मुख्य उदेश्यका साथमा तालिम को आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो। साथै तालिममा शैक्षिक सामाग्री निर्माण, सेनेटरी प्याड बनाउने तरिका लगाएत को बारेमा पनि तालिम दिइने जनाकारी गरिएको छ । उक्त तालिममा विद्यालयहरु का प्रधानाध्यापक, मदरसाका मौलना,शिक्षकहरुको सहभागितामा सुरु रहेको तालिम भोलि सम्म संचालन गरिने छ । नेपाल राष्ट्रिय शिक्षक सङगठन जिल्ला अध्यक्ष रमेश पन्थी को अध्यक्षता, केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा को प्रमुख अतिथित्यता केन्द्रिय उपाध्यक्ष कमला थापा,केन्द्रिय उपाध्यक्ष बद्रे आलम,कोषा अध्यक्ष बिष्णु भण्डारी,पुर्वअध्यक्ष तथा नेकपा जिल्ला अध्यक्ष झबिलाल पोख्रेल लगाएत को अतिथित्यतामा विजयनगर शिक्षक संगठनका अध्यक्ष उत्तम बहादुर कोरी को स्वागत मन्तव्य शिवराज सुवेदी ले संचालन गर्नु भएको थियोे ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू