राम प्रघट कोरी / माघ ६ कपिलवस्तु
आज सर्वपक्षीय भेला सम्पन्न भएको छ । “सुन्दर एवम् समृद्ध बिजयनगरका लागि वृहत सान्स्कृतिक कार्यक्रम” मुख्य नारा सहित विजयनगर गाउँपालिका आयोजनाम यही फागुन १० गते हरिबोध प्रावि प्रेमनगरमा हुनागइरहेकोे कवि सम्मेलन मुसायरा कार्यक्रम को बारे मा सुझाव सल्लाह लिन सो भेला हरिबोध प्रावि प्रेमनगरमा बोलाइएको थियोे । पालिका मा रहेका विभिन्न पार्टी का प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी अगुवाहरु भेलामा समेल भएका थिए । भेला मा आएका अधिकान्स ले गाउँपालिका ले गर्न लागेको कवि सम्मेलन मुसायरा कार्यक्रम को सर्हना गर्दै सहयोग गर्न तयार रहेको बताए । स्थानीय तह भएको नेपाल मै पहिलो पटक यस्तो नमूना कार्य हुन हुनलागेकोमा खुलेर प्रसंशा गर्दै आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरेका थिए । कवि सम्मेलनमा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री माननीय पुष्प कमल दहाल प्रचण्ड, विशिस्ट अतिथि नेपाल का लागि भारतीय राजदुत मन्जित सिंह पुरी लगायत नेपाल र भारत का शिर्ष नेताहरु साथै कविहरुमा अनामिका अम्बर,जोहर कानपुरी, सबिना अदिव रमेश बासुरी, डा.अनिल चौबे,बिकाश बौखल सौरभ जैन जाहिद अजाद कविता, गजल माध्यमद्वारा यहाँ को सान्स्कृती लाई उजागर गराउने छन् भनी जानकारी गराउदै थापाले आएका सुझाव बाट थप सहयोग मिल्नेछ भनी कार्यक्रमलाई समापन गर्दै आजै बाट लागेर शुक्रबार विहानै १० बजे नै उपस्थित भइ कार्यक्रमलाई सभ्य भव्य बनाउन सहयोग गर्न सम्पुर्ण मा अपिल समेत गरेका छन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू