०६ पुष २०८२

बृक्षारोपण एवं मिष्ठान्न बितरण

२७ माघ २०७५, आईतवार २०:१८ मा प्रकाशित

सतेन्द्र मिश्र/कपिलबस्तु माघ २७
कृष्णनगर लेडिज सर्कल — ६ नेपालले कृष्णनगर २ स्थित महेन्द्र मा.बि. को प्रांगणमा बृक्षारोपण एवं मिष्ठान्न बितरण कार्यक्रमको आयोजन गरेको छ ।
आज कपिलबस्तु जिल्लाको कृष्णनगरमा आयोजित कार्यक्रममा बृक्षारोपणको साथै बिद्यालयको बालबालिकाहरुलाई चिप्स, चाकलेट बितरण गरिएको छ । बिद्यालय प्रांगणमां लेडिज सर्कलले डस्टबीन राख्दै बिद्यार्थीहरुलाई चारैतिरको वातावरण स्वच्छ र सुन्दर बनाई राख्ने सुझाव पनि दिएको छ ।
“बृक्ष धरा का भूषण, करता दूर प्रदूषण”, “STOP THINK CHOOSE GREEN ” जस्तो मूल नाराहरुसंग सारगर्भित भएर ११ फरवरीलाई लेडिज सर्कल इन्टरनेशनल डे को रुपमा मनाउदंै, बृक्षारोपण तथा मिष्ठान्न बितरण गरिएको जानकारी सर्कल की अध्यक्ष अनुजा केडिया ले दिनुभएको छ । तत्कालीन स्थितिमा स्वच्छ वातावरण बनाई राख्नु एउटा चुनौती भएकोले गर्दा एल.सी.आई. डे को अवसर पारी बृक्षारोपण कार्यक्रमको आयोजन गरिएको जानकारी सर्कल की उपाध्यक्ष रश्मी केडियाले बताउनु भएको छ ।
एल.सी.आई. एउटा अन्तर्राष्ट्रिय संस्था हो, जसको स्थापना सन् १९३६ मा भएको थियो । हालमा यो संस्था बिश्वको कईयों देशहरुमा सञ्चालित भई सकेको छ । नेपालमा यो संस्था करिब २० बर्ष देखि कार्य गरिरहेको छ । यो एउटा गैर—राजनीतिक तथा गैर—धार्मिक संस्था हो ।
नेपालको धेरै जिल्लाहरुमा यस संस्थाका शाखाहरु फैली सकेका छन् । यही क्रममा कपिलबस्तुको कृष्णनगरमा यस संस्थाको शाखा स्थापित भएर करिब ६ महिना देखि सामाजिक कार्य गर्दै आई रहेको छ । “कृष्णनगर लेडिज सर्कल — ६” एउटा सात सदस्यीय ईकाई समिति हो । जसको अध्यक्ष अनुजा केडिया, उपाध्यक्ष रश्मी केडिया, सचिव एकता कानोडिया, कोषाध्यक्ष मनिषा कानोडिया तथा सदस्य मनिषा कञ्चल, नेहा केडिया र सुभी केडिया हुन् ।
कार्यक्रममा कृष्णनगर लेडिज सर्कल ६ को पदाधिकारी तथा सदस्यहरुको साथै महेन्द्र मा.बि.का शिक्षक रेशमलाल शास्त्री, ब्राईट—वे ईंगलिश स्कुल का वाईस प्रिन्सिपल रिजवान खान, शिक्षक सर्वेश मिश्र, शमि अख्तर, एशसान खान, कपिल भूल, पत्रकार र करिब ५० जना बिद्यार्थीहरुको सघन उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter