०२ चैत २०८२

सङ्घीय समाजवादी फोरम नेपाल को भेला सम्पन्न

१२ माघ २०७५, शनिबार १९:२९ मा प्रकाशित

दाङ । सङ्घीय समाजवादी फोरम नेपाल भेला सम्पन्न भएको छ । जिल्लाको लमही नगर समितिको भेला फचकपुरमा सम्पन्न भएको हो ।नगर भेला आयोजक समिति संयोजक किशोर घर्ती मगरको अध्यक्षता भएको हो भने कार्यक्रमका प्रमुख अथिती प्रदेश अध्यक्ष अशोककुमार यादवरहनु भएको थियो ।भेलाले किशोरकुमार घर्ती मगरको अध्यक्षता १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा राम बहादुर चौधरी, सचिवमा देवी प्रसाद चौधरी,कोषाध्यक्ष राधा चौधरी,सहसचिवमा अतिराम चौधरी सदस्य रामकृष्ण चौधरी,झपिन्द्र पुन मगर,गणेश चौधरी ,प्रेमलाल चौधरी,मंगल चौधरी,चुमा नेपाली,दिल्लु चौधरी,पुरन चौधरी,सुरेश दर्लामी,ईन्द्रपरी चौधरी,भैरव चौधरी र सृजना चौधरी रहेका छन ।कार्यक्रममा प्रदेश सदस्य रीता यादव जिल्ला सदस्य भरतलाल चौधरी,राम बहादुर चौधरी गढवा गाँउ पालीकाका सचिव अंगद यादव लगायतकाले पार्टीको नीति तथा सिद्धान्त माथी प्रकाश पार्नु भएको थियो । अतिराम चौधरीको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको संचालन समाजवादी युवा फोरम नेपालका जिल्ला अध्यक्ष दुर्गा यादवले गर्नु भएको फोरम नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले बताउनु भयो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter