शुक्रबार, २१ बैशाख २०८१

बिद्यार्थीहरू द्वारा समाजवादि फोरम बाट राजीनामा

शमशाद आदिल,केयरखबर

८ आश्विन २०७५, सोमबार ०१:४७ मा प्रकाशित

उपप्रधान मन्त्री उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी फोरमको प्रदेशनं ५ को प्रथम बिद्यार्थी अधिवेशनको कार्यक्रममा बिद्यार्थीहरुले स स फोरम पार्टीबाट सामुहिक राजीनामा दिएका हुन ।
भर्खरै दुई हफ्ता पहिला मनोनीत भएका समाजवादी युवा फोरमको ५ न प्रदेश अध्यक्ष असलम खानले अधिवेशनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजीनामा दिएका छन ।
त्यही लगत्तै समाजवादि बिद्यार्थी सँगठनको प्रदेशीय अध्यक्षको उम्मेदवार रहेको मोहम्मद अली पराजित भए सँगै राजीनामा दिएका छन । रूपेंदेही जिल्लाको बिद्यार्थी अध्यक्ष रहेका मोहम्मद अलिको राजीनामा सँगै सयौँ बिद्यार्थीले समेत अलिको समर्थन गर्दै राजीनामा दिएका छन ।

मोहम्मद अलि

असलम खान

नेपालगंजमा यही आश्विन ६ र ७ गते प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा आफूहरुले एक दशक देखि पार्टी प्रति प्रतिबद्ध रही स्वाभिमान सम्मान र पहिचानको लागि जेल नेल भोगेकाहरुलाई सीमित गर्दै जातिवाद हावी भएको तथा अधिवेशनमा समेत दाँधली भएको आरोप लगाउदै राजीनामा दिएको मोहम्मद अलिको भनाई छ ।भने ५ नं प्रदेशको बिद्यार्थी अध्यक्षमा कपिलवस्तुको प्रकाश यादव बिजयी भएका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter