शनिबार, ०५ जेठ २०८१

कुनै पनि बालबालिकालाई पढनकाट बञ्चित गरिएको छैन – संचालक प्रमुख मौलाना अब्दुल रहिम मुसलमान

इमरान खान

२ आश्विन २०७५, मंगलवार १४:५५ मा प्रकाशित

कपिलवस्तु २ असोज । कपिलवस्तु जिल्लाको मायादेबी गाउपालिका वडा नं. ६ डुमरामा अवस्थित रहेको जामिया मतलउल उलुम अल सल्फिया नामक शैक्षिक संस्था अर्थात मुस्लिम बिद्यालय माथि २७ जना विद्यार्थी मदरसामा पढनबाट बञ्चित भन्नेबिभिन्न सञ्चार माध्यमबाट समाचार सम्प्रेषण भाको थियो । यहाँ सम्मा भदौ २६ गते मदरसामा पढन जाँदा प्रिन्सिपलसहित शिक्षक शिक्षिकाले कक्षामा प्रवेश गर्न नदिएकोले बिधार्थीहरुले अरोप लगाउदै आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा उजुरी पत्र समेत दिएका थिए । तर हिजो असोज १ गते जामिया मतलउल उलुम अल सल्फियाका संचालक प्रमुखले नेपाल पत्रकार महासघं कपिलवस्तु, तौलिहवा शाखालाई जानकारी पत्र जारी गरी कपिलवस्तु जिल्ला मायादेबी गाउपालिका वडा नं. ६ डुमरामा अवस्थित रहेको जामिया मतलउल उलुम अल सल्फिया नामक शैक्षिक संस्था अर्थात मुस्लिम बिद्यालयलाई अनावश्यक रुपमा बिवादमा तानी यसको संचालामा अवरोध पु¥याउने अरोप लगाएका छन । संचालक प्रमुख मौलाना अब्दुल रहिम मुसलमानका अनुसार अब्दुल कादिर मुसलमान, अब्दुल हकिक मुसलमान, हबिबुर रहमान मुसलमान र अब्दुल समद धोबी नामक ब्यतिmहरुले सार्बजनिक ठाँउमा कुटपिट गरी गम्भीर घाइते बनाई खुट्टामा समेत गम्भीर चोट पु¥याएकोमा सो सम्बन्धमा म अब्दुल रहिम मुसलमानले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकोमा सोको रिस इबी लि आ–आफनो स–साना बाल बालिकाहरुलाई समेत उचाली संचालक माथि र बिद्यालय माथि अनावश्यक लांछना लगाई श्री जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने गराउने बिभिन्न पत्रपत्रिकामा झुठा प्रकाशन गराउने जस्ता क्रियाकलाप गरी पबित्र शैक्षिक संस्थालाइ बदनाम गराउने कचेस्टा गरेको यस संस्थाको ठहर रहेको छ । जामिया मतलउल उलुम अल सल्फिया नामक शैक्षिक संस्थामा कसैलाई पनि पढनबाट बंचित गरिएको छैन र कुनै रोकटोक पनि गरेको छैन यो एउटा सामुदायिक संस्था हो र समुदायिक ब्यवहार नै गर्ने गरिएको छ र यसमा जो पनि पढन पाउछ जामिया मतलउल उलुम अल सल्फिया संचालक प्रमुख मौलाना अब्दुल रहिम मुसलमानले पत्र मार्फत जानकारी गराएका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter