शनिबार, २२ बैशाख २०८१

चुरौटे शब्द पहिचानको रुपमा स्थापित गरी ठुला वर्गलाई थप्पड़ हानौँ ।

मोहम्मद शाहिद अलि ,सयांग्जा

६ असार २०७५, बुधबार १०:३९ मा प्रकाशित

म “चुराैटे” यद्यपि मेराे हजुर बुबा कपडा व्यापारी, मेराे बुबा कपडा व्यापारी र, लेखापढी, मेराे ठूलो बाबा-काकाहरू कर्मचारी, म पनि हाल कपडा व्यापारी ।

चुराैटे: चुरा व्यवसायीलाई भनिएकाे तथ्य भेटिन्छ । विशेषत: पहाडमा बसाेबास गर्ने अधिकांश मुस्लिम समुदायले चुराकाे व्यवसाय गरेकाे भेटिन्छ । त्यति मात्र हैन, यसकाे लघु उद्योग पनि चलाएका थिए । हाम्रो गाउँमा चुरा भट्टी अर्थात् अहिलेकाे विकसित रूप कारखाना रहेकाे सपूत अझै भेटिन्छ । हाम्रो याे गाैर्वान्वित इतिहास र, व्यवसायीक पहिचान हाे । पहिचान अाफैमा निच हुँदैन ।

तर, विडम्बना जसरी मियाँ शब्द पहाडमा सम्मानित रूपमा प्रयाेग गरिन्छ र, वास्तविक सम्मानित शब्द हाे । त्यसरी नै तराईका अधिकांश ठाउँमा मियाँ शब्दलाई अपमानित रूपमा प्रयाेग गरिन्छ । प्रयाेग गलत रूपमा भयाे भन्दैमा “मियाँ” शब्द अाफैमा तुच्छ हुँदैन । भने “चुराैटे” शब्दको प्रयाेग विशेषतः पहाडमा बस्ने मुस्लिम समुदायहरूलाई हाेच्याउने हेतुले गरिएको तिताे यथार्थ हाे ।

तर, यसलाई हामीले व्यवसायीक पहिचानकाे रूपमा स्थापित गर्दै; जसरी मधेसीहरूले मधेसी शब्दलाई पहिचानकाे रूपमा स्थापित गरेर तुच्छ र, संकृण मानसिकता भएका शासक/संभ्रान्त वर्गहरूलाई थप्पड हाने त्यसरी नै हामीले पनि “चुराैटे” शब्दलाई पहिचानकाे रूपमा स्थापित गरेर कथित ठूला वर्गलाई थप्पड हान्न सक्छौं । “चुराैटे” शब्दलाई स्थापित गर्नुपर्ने अवस्था पनि देख्दछु । प्रथमतः याे अाफैमा सम्मानित पेशा हाे, इतिहास र, पहिचान बाेकेकाे शब्द हाे । भने, दाेस्राे हामीले हाम्रो पहिचान दिलाउने शब्द भेटाउन सकेका छैनौं । हामीले अाफूलाई “मियाँ” भनेर पहिचान दिलाउने प्रयत्न गर्दैछौं । जाे सत्प्रतिसत् गलत छैन । तर, म पूर्ण सहमत पनि छैन । म अाफूलाई मियाँ भन्दिन, किनकि मियाँ शब्द थरकाे रूपमा स्थापित छ । जाे केही नश्लमा सिमित र, सम्बन्धित छ । जसरी हामी अली थरका रूपमा स्थापित छाैं । र, म अाफूले अलीकाे रूपमा पहिचान बनाउँदै र, पहिचान स्थापित गर्दैछु । यसरी हेर्दा हाम्रो साझा पहिचानकाे खाेजि गर्न टट्काराे देख्दछु । अत: हामीले चुराैटे अर्थात् चुरा व्यवसायी हाैं भन्न हिचकिचाउनु हुँदैन । नि:संदेह याे अधिकांश पहाडमा बस्ने मुुस्लिमहरूकाे पेशा थियाे । अब याे पेशागत पहिचानमा सिमित पनि छैन । चुरा बेच्नेलाई मात्र हैन, चाहे कपडा व्यापारी हुन् वा चाहे कर्मचारी हुन वा किसानी सबैलाई “चुराैटे” भनिन्छ । फलतः समाजशास्त्रिहरूले यसलाई सामुदायिक पहिचानकाे रूपमा स्थापित गरेका छन् ।

नि:संदेह हामी पहाडमा बस्ने भएकाले हामी भाैगाेलिकताकाे अाधारमा हाम्राे पहिचान “पहाडे मुस्लिम” पनि हाे । भने चुराैटे भन्नु वास्तवमा हाम्रो पहिचान दासको रूपमा हैन, व्यवसायीक र, सामुदायिक पहिचानकाे रूपमा स्थापित रहेछ भनेर हामीले गर्व गर्नुपर्छ ।

हाम्रा पुर्खा व्यापारी, उद्यमी मात्र हैन, हात हतियार बनाउने कालिगड थिए । त्यस्तै शासक पनि थिए । जस्ताे कि हाम्राे नाना (अामाकाे बुबा)काे खानदान बाइसे-चाैबिसे राज्य मध्येकाे भिरकाेट राज्यका मुखिया हुनुहुन्थ्यो । त्यस्तै सताैं, नुवाकोटमा समेत मुखिया थिए । अत: अहिले पनि हामीलाई एदाकदा सामन्ती भनिन्छ । जाे गर्वकाे विषय हाे । तसर्थ यस्ता गाैरवशाली इतिहासकाे खाेजी गर्नुपर्ने अवस्था अाएकाे छ । याे हाम्रो पहिचानसँग सम्बन्धित छ । पहिचानका अाधारहरू मध्ये एक अाधार पेसा पनि हाे । जस्तै सुनका गहना बनाउनेलाई सुनार भनिन्छ । सुनार अाफैमा अपमानित शब्द कदापि हैन । हरेक कुरामा सकारात्मक नकारात्मक पक्ष दुईटै हुन्छ । हामीले सकारात्मक पक्षलाई स्विकार्दै; इतिहास र, स्थापित गर्नुपर्ने हुन्छ ।

याे मेराे नितान्त वैचारिक र, अभिव्यक्तिकाे स्वतन्त्रता हाे । यसलाई समाजलाई विचार लाद्न खाेजिएकाे रूपमा न लिइयाेस् । बैचारिक बहस गर्न मेराे भित्ता खुल्ला छ । तुच्छ शब्द प्रयाेग नगर्नु हाेला ! हामीमा मतभेद छन्, हुनु स्वभाविक हाे ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter