बिहिबार, २० बैशाख २०८१

रोग नियन्त्रण महाशाखाको टोली झाडापखाला फैलिएको स्थानमा

१४ जेष्ठ २०७५, सोमबार २१:३३ मा प्रकाशित

दाङ, १४ जेठ (रासस)  स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली आज स्थानीय शान्तिनगर गाउँपालिका – ३ र ४ मा पर्ने पातेटाकुरास्थित झाडापखाला फैलिएको स्थानमा पुगेको छ ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलको नेतृवमा त्यहाँ पुगेको टोलीले त्यहाँ रहेका छ बिरामीबाट परीक्षणका लागि नमूना लिने काम शुरु गरेको छ । त्यसमा हैजाको जीवाणु छ कि छैन भन्ने काठमाडौँ पुगेर परीक्षण गरेपछि मात्र थाहा हुने उहाँले बताउनुभयो ।

पौडेलले दाङ खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि खानेपानी वरपर बस्ती भएकाले दिसाको जीवाणु पानीमा मिसिएको हुँदा झाडापखाला लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा पाइएको बताउनुभयो । पातेटाकुरामा महामारीका रुपमा फैलिएको झाडापखाला पछिल्लो समयमा नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter