सोमबार, २४ बैशाख २०८१

कपडा सहित सिन्धुलीका एक व्यापारी कपिलवस्तुमा पक्राउ ।।

२७ चैत्र २०७४, मंगलवार १७:३५ मा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु चैत २७

कृष्णनगर प्रहरीले भन्सार छलीका ठूलो परिमाणको कपडा बरामद गरेको छ ।
साथै कपडा व्यापारी समेत पक्राउ परेका छन् । अर्काको नामको पुरानो
भ्याटबिलमा मिति सच्याई भारतबाट अबैध रुपमा भन्सार छली गरी कपडा नेपाल
भित्राएको भन्दै विशेष सुराकीका आधारमा प्रहरीले कपडासहित सिन्धुलीका
एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मजुवा गाउँपालिका ५, गैरीगाउँ सिन्धुलीका ४१ वर्षे सुभाष
दाहाल रहेका छन् । ज्योति सप्लायर्सको भ्याटबिल प्रयोग गरी कपडा तस्करी
गरेको भन्दै दाहाललाई अनुसन्धानका लागि पक्राउ गरेको इलाका प्रहरी कार्यालय
कृष्णनगरका प्रहरी निरीक्षक सुभाष कुमार गैरेले जानकारी दिनुभयो ।

गत आइतबार साँझ पौने ७ बजेको समयमा कृष्णनगरबाट चन्द्रौटातर्फ आउँदै
गरेको लु १ ख ८६९२ नम्बरको बसमा चोरी तस्करी गरी ल्याउँदै गर्दा विशेष
सुराकीको आधारमा चेकजाँच गर्दा इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले
पक्राउ गरेको थियो । ज्योति सप्लायर्सको नाममा भ्याटबिल नम्बर ६०६३५१४०५ मा
पुरानो मिति सच्याई ५८५ थान लेडिज सुट भारतीय बजारबाट नेपाल भित्राएको
प्रहरी निरीक्षक सुभाष कुमार गैरेले जानकारी दिनुभयो ।

मिति सच्याइएको पाइएपछि ज्योति सप्लायर्सका प्रोप्राइटर जगदेव प्रसाद मिश्रलाई
ल्याई सोधपुछ गर्दा चैत २२ गते भ्याटबिल काटी सोही दिन कपडा डेलिभरी
भइसकेको बयान दिएको प्रहरी निरीक्षक गैरेले बताउनुभयो । प्रहरीलाई बयान
दिंदै ज्योति सप्लायर्सका मिश्रले आफ्नो फर्मको भ्याटबिलको गलत प्रयोग
गरी कसैले भन्सार छल्ने कार्य गरेको भनी कारबाहीको मागसहित लिखित कागज
गरेका थिए । अर्काको फर्मको भ्याटबिल दुरुपयोग गरी कपडा चोरी तस्करी
गरेको भन्दै थप अनुसन्धानका लागि सोमबार राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय
कार्यालय बुटवल पठाइएको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter