शनिबार, ०८ बैशाख २०८१

लुम्बिनी अस्पताल बुटवल को निरीक्षण

१७ चैत्र २०७४, शनिबार १५:२७ मा प्रकाशित

रुपन्देही, १७ चैत (रासस)ः स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले आज बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको निरीक्षण गरी अस्पतालको अवस्था बारे जानकारी लिनु भएको छ ।

अस्पतालको सघन उपचार कक्ष (आइसियु) प्रसूति र इर्मजेन्सी विभागमा मन्त्री अर्यालले निरीक्षण गर्दै अस्पतालले दिएको सेवा सुविधाका विषयमा बिरामीसँग कुरा गर्नुभएको थियो । सो अवसरमा उहाँले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिँदै अस्पताल प्रशासनमा स्थायी भएपछि ठालु हुने प्रवृत्ति देखिएको बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद खनालले अस्पतालले बिरामीका लागि प्रयोग हुने अक्सिजन उत्पादनको लक्ष्य र योजना बनाएको जानकारी दिँदै अस्पतालमा ट्रमा सेन्टर बनाउने अवधारणा अघि बढेको बताउनुभयो ।

मेसु खनालले अस्पतालमा किड्नीको बिरामीका लागि डायलासिस मेसिनको अभाव भएको उल्लेख गर्दै बुटवल उपमहानगरपालिकासँग साझेदारीमा काम गर्नका लागि प्रस्ताव गरिएको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter