मङ्गलबार, ११ बैशाख २०८१

प्रदेश नं. ५ मा विभिन्न समिति गठन

१५ चैत्र २०७४, बिहीबार २०:३६ मा प्रकाशित

बुटवल, १५ चैत (रासस) ः प्रदेश नं ५ को प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा नियमावली २०७४ को नियम १४६ मा व्यवस्था भएबमोजिम उक्त नियमावलीको नियम १४८ अनुसार विभिन्न चार विषयगत समिति र समितिमा रहने सदस्यको मनोनयन गरिएको जानकारी गराउनुभयो ।

विधायन समितिमा अजय शाही, कमला विक, खड्कबहादुर क्षेत्री, दिनेश पन्थी, दीपेन्द्रकुमार पुन, बलदेव शर्मा पोखरेल, रमा अर्याल, सन्तोष कुमार पाण्डेय, सहसराम यादव, हरिप्रसाद रिजाल, इन्द्रजित थारु, कुलप्रसाद पोखरेल, चेतनारायण आचार्य, दीपा विक, दीर्घनारायण पाण्डे, माला गोतामे, रमा घर्ती, सरस्वती गौतम र सुरेन्द्रबहादुर हमाल रहेका छन् ।

त्यसैगरी अर्थ तथा मानव विकास समितिमा अमरबहादुर डागी, अर्जुनबहादुर केसी, अष्टभुजा पाठक, कृष्णध्वज खड्का, कृष्णा केसी, तारा जिसी, तुलाराम घर्ती, दिपेश थारु, धमकली चौधरी, नारायणप्रसाद आचार्य, पुरन बज्राचार्य, फकरुद्दीन खाँ, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, वीरेन्द्रकुमार कनौडिया, वैजनाथ कलवार, शान्तिदेवी स्वर्णकार, सुमनशर्मा रायमाझी र सुनिताकुमारी ठठेरलाई मनोनयन गरिएको छ ।

सार्वजनिक लेखा समितिमा आशा स्वर्णकार, कवीराम थारु, कृष्णप्रसाद न्यौपाने, गीता थापा, चिन्तावती कुर्मी, जाल्पा भुसाल, डिल्लीबहादुर चौधरी, तिलकराम शर्मा, थानकुमारी थापा, दधिराम न्यौपाने, दीपेन्द्रकुमार अधिकारी, निर्माला क्षेत्री, पार्वती पुन गहतराज, पुर्मती ढेंगा, भुवनेश्वर चौधरी, युवराज खनाल, रेवतिरमण शर्मा, बसीउद्दीन खाँ, वीरबहादुर रानालाई मनोनयन गरिएको छ ।

त्यस्तै प्रदेश मामिला तथा सामाजिक न्याय समितिमा अर्जुनकुमार श्रेष्ठ, इन्द्रप्रसाद खरेल, उत्तरकुमार वली, कमल श्रेष्ठ, तुल्सीप्रसाद चौधरी, तेजबहादुर वली, दामा कुमारी शर्मा, धर्मबहादुर लाल श्रीवास्तव, पुष्पा थरुनी, फौजिया नसिम, बाबुराम गौतम, विमला पन्थी, भगवती भन्डारी, मो याकुव अन्सारी, रामजिप्रसाद घिमिरे, रिना नेपाल विक, रुन्धावती शर्मा, लौटी थारु, विजयबहादुर यादव र सुष्मा यादव रहनुभएको जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter