बुधबार, २६ बैशाख २०८१

पीडित महिला र बालिकाका लागि एबिसी नेपाल

२५ भाद्र २०७६, बुधबार १४:२७ मा प्रकाशित

विराटनगर, २५ भदौ  हिंसामा परेका महिला तथा बालिकालाई स्थानीय सामाजिक संस्था एबिसी नेपालले हेरचाह गर्दै आएको छ । उक्त संस्थामा घरेलु हिंसामा परेकालाई मात्र सहयोग एवं संरक्षण गर्ने गरिएको संस्थाका अध्यक्ष विष्णु शर्मा पन्तले बताउनुभयो । उहाँले घरेलु हिंसामा परेका महिला, मानव बेचविखन, बलात्कार÷करणी, वैदेशिक रोजगार, बहुविवाह, यौन शोषण, यौन दुव्र्यहार, प्रेम विवाह, कुटपिट र हराएका बालिका तथा महिलाका समस्यामा सहयोग गर्दै आएको जानकारी दिनुभयो । उक्त संस्थामा अहिले छ बालिका बस्दै आएका र उनीहरुलाई अहिले संस्थाले नै शिक्षा दिने काम गरेको छ । दैनिक तीनदेखि चार जनासम्म घरेलु हिंसामा परेका महिला सहयोग माग्न आउने गरेको छन् । काममा धेरै समस्या र चुनैतीको पनि सामना गर्नुपर्ने अनुभव अध्यक्ष पन्तको छ ।सरकारी सहयोगबिना नै यो संस्थाले विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटाएर पीडितलाई संरक्षण र सहयोग गर्नाका साथै संरक्षणमा रहेका पीडित ९० महिलालाई सिलाइकटाइ र सौन्दर्यको तालीम दिँदै आएको छ । यसबाट उनीहरूले जीवन निर्वाह गर्न सक्ने बताइएको छ । तालीमबाट धेरै महिला आत्मर्निभर भई स्वरोजगारसमेत भइरहेका छन् । राज्यले पनि महिला सशक्तीकरण र निःशुल्क उच्च शिक्षा तथा रोजगारीजस्ता विषयमा ध्यान दिनुपर्ने, हरेक क्षेत्रमा महिलालाई अवसर दिनुपर्ने अध्यक्ष पन्तको प्रतिक्रिया थियो । अज्ञानता, अशिक्षा र रोजगारीको अभावमा हुने यस्ता घटनालाई निर्मूल पार्न राज्यले ठोस नीति बनाउनुपर्नेमा जोड दिँदै उहाँले अझै महिला शिक्षा, स्वास्थ्य, रोजगार र अवसरबाट वञ्चित भएकाले नै यस्तो समस्या भोग्नु परेको बताउनुभयो ।गत आार्थिक वर्षमा उक्त संस्थाले सीमानाकाबाट ५९ महिलालाई उद्धार गरेको र हराएको निवेदनमा पाँच जनाको उद्धार गरेको थियो । सीमानाकाबाट उद्धार गरिएका महिला तथा बालिका १८ वर्षभन्दा माथिका ४४ र १८ भन्दा तलका १५ थिए । संस्थाको संरक्षणमा रहेकी विराटनगरकै ममता शाहले आफूले निःशुल्कमा सिलाई सिक्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । आफूले पहिले नै सिलाइ सिक्ने योजना बनाएको तर पैसाको अभावले गर्दा सिक्न नपाएको भन्दै उहाँले अहिले सिक्ने अवसर पाएकोमा संस्थालाई धन्यवाद दिनुभयो । यस्तै अर्की महिला सुनिता चौधरीले आफूले सिलाइ सिकेपश्चात् अरुलाई पनि सिकाउने र एउटा सिलाइकटाइको टेलर खोल्ने जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter