शुक्रबार, ०७ बैशाख २०८१

प्रदेश ३

प्रशासनको अनुरोध

चितवन, ७ कात्तिक  जिल्ला प्रशासन कार्यालयले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सबैमा अनुरोध गरेको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्ता विस्फोटक पदार्थ पड्काउनेलाई कारवाही गरिने जनाएको हो । सांस्कृतिक महत्वका पर्व मनाउने क्रममा भूईचम्पा, आतसबाजी र पटाकाजस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा नकारात्मक...बाँकी अंश →


डेङ्गुका कारण थप एकको मृत्यु

चितवन, ७ कात्तिक    स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते...बाँकी अंश →


नवौँ विश्व रेन्जर सम्मेलन चितवनमा

चितवन, ७ कात्तिक  नवौँ विश्व रेन्जर सम्मेलन यही कात्तिक २६ गतेदेखि पाँच दिनसम्म सौराहामा हुने भएको छ । एशियामा नै पहिलोपटक नेपालमा सम्मेलन हुन लागेको हो । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो ।...बाँकी अंश →


अरुणाको अनुभव ः ‘विकेन भनेर हार खायो भने त सिर्जना म¥यो नि’

काठमाडौँ, ७ कात्तिक  नेपालको अतुलनीय प्राकृतिक र भौगोलिक सुन्दरतालाई रङले सजाउन चित्रकार अरुणा हिङ्माङलाई यतिबेला भ्याइनभ्याइ छ । सन् २०१५ मा भारतको चर्चित डा अम्बेडकर कलाश्री पुरस्कार पाउने नेपाली कला क्षेत्रको पहिलोे कलाकार अरुणा यतीखेर कुचीले ल्याण्डस्केपमा थरीथरी रङ भर्दै हुनुहुन्छ । नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० ले उहाँलाई व्यस्तता...बाँकी अंश →


राजनीति विग्रदा देश बिग्रन्छ ः सांसद बस्नेत

भक्तपुर, ७ कात्तिक  प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताउनुभएको छ । आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको छ भन्नुभयो । उहाँले वर्तमान सरकारले नेपाली समाजलाई...बाँकी अंश →


प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौँ, ७ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट...बाँकी अंश →


माछापोखरीमा मृत फेला

भरतपुर, ७ कात्तिक  चितवनमा बुधबारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयले...बाँकी अंश →


मन्त्री बस्नेतद्वारा हिम चितुवासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन

काठमाडौँ, ७ कात्तिक  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा बुधबारदेखि शुरु भएको ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन (जीएसएलपी) को चौथो स्थायी समिति बैठकमा बोल्दै उहाँले पारिस्थितिकीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको समेत उल्लेख...बाँकी अंश →


चिनियाँ नागरिकको सहयोग

चितवन, ७ कात्तिक  मित्रराष्ट्र चीनका नागरिक चाङ र उहाँको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ । प्रतिघर परिवार रु १० हजारको हाराहारीमा सहयोग गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार साँझ एक कार्यक्रमका बीच खाद्यान्न नगद तथा लत्ताकपडा विपन्न परिवारलाई...बाँकी अंश →


अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

बनेपा, ७ कात्तिक  तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण गरी मङ्गलबारबाट परिचयपत्र वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जानकारी दिनुभयो । अहिलेसम्ममा विभिन्न वर्गका गरी ६४ जनाले पचियपत्र प्राप्त गरिसकेका छन् । परिचयपत्र प्राप्त गर्नेमा...बाँकी अंश →


गाँजा र चरेससहित तीन पक्राउ

काठमाडौँ, ७ कात्तिक  नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार...बाँकी अंश →


मौरी चराउन नदिएको भन्दै विरोध

भरतपुर, ७ कात्तिक  चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो । भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित तीन किसानले चरनका लागि मौरीलाई तुलसीपुर उपमहानगरपालिका–१९ कुटिचौर लगेका थिए...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter