बिहिबार, १५ चैत २०८०

प्रदेश २

तीस प्रतिशत नगरवासी अझ पनि खुल्ला ठाउँमा शौच गर्दै

वीरगञ्ज, ६ कात्तिक  प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन् । ३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि...बाँकी अंश →


विभिन्न मुद्दामा फरार पाँच पक्राउ

लहान, ६ कात्तिक  विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई मंगलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ । चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार सिरहा नगरपालिका–२ निवासी ६२ वर्षीय धनिकलाल महरा, सोही नगरपालिका–९ निवासी ६२ वर्षीय रामचन्द्र गडेरी, सिरहा नगरपालिका–१९ निवासी २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा नं ७...बाँकी अंश →


चालिस राँगा नियन्त्रणमा

राजविराज, ६ कात्तिक  सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लिइएको सुरक्षा बेसक्याम्पका सहायक प्रहरी नायब निरीक्षक वीरेन्द्र...बाँकी अंश →


कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

लहान, ६ कात्तिक  कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी...बाँकी अंश →


सीमा नाकाबाट पटका भित्रिदै

वीरगञ्ज, ५ कात्तिक  हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् । तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया...बाँकी अंश →


पटकासहित दुई पक्राउ

लहान, ५ कात्तिक  प्रहरीले करीब रु ५० हजार बराबरको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो । यस्तै प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट...बाँकी अंश →


मिथिलामा एकपक्ष पहिले नै छठको तयारी शुरु

महोत्तरी, ५ कात्तिक  महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु भएको छ । अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो । कात्तिक शुक्लपक्ष चौथी ९चतुर्थी० का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ । सूर्यको उपाशना गरिने...बाँकी अंश →


भैँसी चोरीको आरोपमा तीन पक्राउ

राजविराज, ५ कात्तिक  सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ...बाँकी अंश →


चाँदीको गरगहनासहित एक युवक पक्राउ

लहान, ३ कात्तिक  प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ । भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो । विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री...बाँकी अंश →


पोखरीमा डुबेर बालिकाको मृत्यु

राजविराज, ३ कात्तिक  सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन । मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । पोखरीमा नुहाउन...बाँकी अंश →


साह अध्यक्षमा चयन

जनकपुरधाम, ३ कात्तिक  नेपाल औषधि व्यवसायी सङ्घ धनुषा जिल्लाको सम्पन्न प्रथम अधिवेशनले सत्यनारायण साहलाई शाखाको अध्यक्ष पदमा चयन गरेको छ । चयन हुने अन्य पदाधिकारीमा उपाध्यक्षमा रामनाथप्रसाद साह, महासचिवमा तेजनारायण चौधरी, कोषाध्यक्षमा विजयकुमार साह र सचिवमा सरोज राययादव हुनुहुन्छ । त्यस्तै उपकोषाध्यक्षमा मणिशङ्करप्रसाद साह तथा सदस्यमा विनोद पजियार, चन्द्रभूषणप्रसाद साह...बाँकी अंश →


आगलागीबाट क्षति

सर्लाही, २९ असोज  ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter