शनिबार, १३ असोज २०८०

प्रदेश २

अहिले जनताको जीवन रक्षा बाहेक अरु कुरा सोच्ने बेला होइनः मुख्यमन्त्री राउत

जनकपुरधाम– कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहेको बताए। उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक–पटक...बाँकी अंश →


प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध जनकपुरधाममा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अयोध्या नेपालमै रहेको’ भन्ने दिएको विवादास्पद अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने विश्व हिन्दु परिषद् नेपालले चेतावनी दिएको छ। भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सीताको विवाह भारतमा होइन नेपालकै पर्सा जिल्लामा रहेको ठोरीमा भएको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको भन्ने...बाँकी अंश →


मानिस रोगभन्दा पहिले भोकले मर्छन्ः मुख्यमन्त्री राउत

जनकपुरधाम, जेठ २१. प्रदेश दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले लामो समयदेखि जारी रहेको लकडाउनका कारण नेपालमा रोगभन्दा पनि भोकले मानिस मर्ने बताएका छन्। बुधबार प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै मुख्यमन्त्री राउतले लकडाउनका कारण काम गर्न नसकेका गरिब तथा विपन्नहरु भोकले मर्न सक्ने बताए। मुख्यमन्त्री राउतले स्थानीय तहहरुले बनाएका...बाँकी अंश →


रौतहटमा भारतबाट फर्केका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ८१७ पुग्यो

वीरगञ्ज – रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटको विभिन्न स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका मध्ये २८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र बाँकी ७ जनाको हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा...बाँकी अंश →


भारतीयहरु नेपाल प्रवेश गर्न खोजेपछि बाराको कबहीगोठमा तनाव, स्थिति नियन्त्रणमा लिन हवाई फायर

बैशाख २५, वीरगञ्ज– भारतसँग सिमाना जोडिएको बाराको सुवर्ण गाउँपालिकाको कबहीगोठ पछगछिया भएर भारतबाट मानिसहरु नेपालमा छिर्न खोजेपछि सीमा तनावग्रस्त बनेको छ। गाउँपालिकाको वडा नम्बर ३ स्थित कवहीगोठ पछगछिया नाका भएर दुई जना भारतीयहरुले आफ्नो खेत भएको भन्दै नेपालतर्फ छिर्न खोजेपछि सशस्त्र प्रहरीले उनीहरुलाई रोक्न खोज्दा स्थिति तनावग्रस्त भएको हो। सशस्त्र...बाँकी अंश →


लकडाउनको समयमा समेत जघन्य अपराधको घटना रोकिएको छैन

पर्सा :   पर्साको कालिकामाई गाउपालिकामा गैराती १४ बर्षीय एक किशोरीलाइ जबरदस्ती करणी गरेको आरोपमा २२ बर्षीय एक युवकलाइ पक्राउ गरिएको छ भने ती युवकलाइ घरमा घेररा हाली कुट्पित गरेको आरोप पीडत किशोरीकी परिवारका ५ जाना सदस्यलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ lपक्राउ पर्नेमा किशोरिलाई जबदस्ती करणी गरेको...बाँकी अंश →


बारा र पर्सा का तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संख्या ५७ पुग्यो

काठमाडौँ – नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर...बाँकी अंश →


थप २ जना कोरोना संक्रमित भेटिएलगत्तै रौतहटका २ गाउँ ‘सिल’

रौतहट बैशाख १६, एकैपटक दुुईजनामा कोरोना भाईरसको संक्रमण भेटिएपछि रौतहटका २ गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १ करुनिया गाँउलाई सिल गरेको हो । ती दुई गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।...बाँकी अंश →


थप दुईजना कोरोना संक्रमित, संख्या ५१ पुग्यो

काठमाडौं । दुईजना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या ५१ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार नयाँ पुष्टि भएको संख्या दुई छ । उनीहरु दुवै पर्सा, वीरगन्ज निवासी ५० वर्षीय पुरुष हुन् । हालसम्म प्राप्त विवरणअनुसार...बाँकी अंश →


वीरगञ्जमा उपचाररत ४ जना सङ्क्रमित कोरोना भाइरस मुक्त, निकोभए संख्या १५ पुगे

१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक कोरोना भाइरसमुक्त भएका छन् । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक...बाँकी अंश →


जनकपुरमा दुई महिलाले सडकमा पैसा नियतवस फालेका हैनन्, गल्तीले झरेको होः प्रहरी

जनकपुरधाम– जनकपुरधाममा दुई जना महिलाले सडकमा पैसा नियतवस फालेको गल्तीले झरेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो जनकपुरधाम उप–महानगरपालिका ४ महावीर चोकमा १० रुपैयाँका १२/१३ वटा नोट भेटेपछि स्थानियबासीहरु त्रसित भएका थिए। स्थानियहरुले दुई महिलालाई रुपैयाँ फ्याँकेको देखेको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। पैसा छरिएको ठाउँमा प्रहरीले सेनिटाइज...बाँकी अंश →


जनकपुरमा पैसा फालेर कोरोनाको संत्रास फैलाउने दुबै महिला प्रहरीको फन्दामा’एक जनामा कोरोना पोजेटिभ‍

जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ६ महाबिर चोकमा शुक्रवार पैसा छ’रेर भागेकी दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter