बिहिबार, १३ बैशाख २०८१

प्रदेश ५

प्रदेशसभामा प्रधानमन्त्री सम्वोधन गर्दै

बुटवल, १६ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशसभामा गर्ने उहाँकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले...बाँकी अंश →


साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ ः पर्यटनमन्त्री

रुपन्देही, १५ वैशाख (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताउनुभएको छ । उहाँले आज लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको छ भन्नुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “साढे दुई वर्षको अवधिमा...बाँकी अंश →


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

रुपन्देही, १५ वैशाख (रासस) ः भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको...बाँकी अंश →


दाङमा १५ जना औलोरोगका बिरामी फेला

तुलसीपुर, दाङ, १४ वैशाख (रासस) ः दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । गत वर्ष भने जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलोरोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा...बाँकी अंश →


कपिलबस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तिको तयारी तिब्र ।। बिभिन्न कार्यक्रम गरि अन्र्तराष्टिय बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७५ मनाइने ।

कपिलबस्तु बैशाख ११ शान्तिका अग्रदूत गौतम बुद्धको क्रिडा स्थल कपिलबस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तिको तयारी तिब्र पारिएको छ । भगवान गौतम बुद्धले २९ बर्षिय युवा अवस्था जिवन ब्यतित गरेको प्राचिन कपिलबस्तुलाई विश्वभर पहिचान गराउने उद्देश्यका साथ आयोजना गरिने बुद्धजयन्तीको तयारीलाई तीव्रता दिइएको हो । २५ सय ६२ औं...बाँकी अंश →


नागरिकता माग गर्दै प्रशासनमा ज्ञापन

लुम्बिनी, १३ वैशाख (रासस) ः जन्मका आधारमा र आमाका नामबाट अङ्गीकृत नागरिकता पाउनुपर्ने माग गर्दै रुपन्देहीवासीले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएका छन् । आमाबाबुको नागरिकता भएर पनि नेपाली नागरिकता पाउनबाट वञ्चित रहेको गुनासो गर्दै संघीय समाजवादी फोरम नेपाल रुपन्देहीको नेतृत्वमा नागरिकता पीडितले बुझाएको ज्ञापनपत्रमा नेपालको संविधानको कार्यान्वयन तथा अदालतले...बाँकी अंश →


नेपालगञ्ज कपकोे उपाधि दंगाली गोर्खाजलाई

खजुरा, बाँके, १३ वैशाख (रासस) ः आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै दंगाली गोर्खाजले रु एक लाख...बाँकी अंश →


फार्मेसी अधिकृत रु ५० हजार घुससहित पक्राउ

नेपालगन्ज, ११ वैशाख (रासस): नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको हो । आयोगको कार्यालय...बाँकी अंश →


दाङको समृद्धिका लागि बृहत् गुरुयोजना तयार गर्नुपर्ने: सभामुख महरा

तुलसीपुर, दाङ, ४ वैशाख (रासस) ः सभामुख कृष्णबहादुर महराले दाङको समृद्धिका लागि बृहत् गुरुयोजना तयार गनुपर्ने बताउनु भएको छ । जिल्लाका सबै स्थानको समानुपातिक विकासका गुरुयोजना अत्यावश्यक रहेको उहाँको भनाइ थियो । दाङ ५ नं प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको बताउँदै सभामुख महराले यहाँका सम्भावनालाई उचित व्यवस्थापन गर्न सके दाङ समृद्ध...बाँकी अंश →


किशोरउमेरमा विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले

लिबाङ, रोल्पा, ३ वैशाख (रासस):  “म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ । मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ...बरु जेलमा बस्छु”, धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयकोे प्राङ्गणमा आइतबार निकै...बाँकी अंश →


लुम्बिनी विश्वविद्यालयबाट १०७ विद्यार्थी दीक्षित हुँदै

रुपन्देही, २ वैशाख (रासस) ः लुम्बिनी विश्वविद्यालयबाट पहिलो पटक १०७ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षित हुनेहरुमा १५ जना विद्यावारिधि र ९१ जना स्नातकोत्तर गरेका रहेका छन् भने एकजना भारतीय विद्यार्थी रहेको आज लुम्बिनी विश्वविद्यालयले लुम्बिनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । दीक्षान्त समारोहमा रञ्जन भक्तानन्द बज्राचार्य स्वर्णपदक...बाँकी अंश →


कपिलवस्तु: नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

जितपुर, कपिलवस्तु, १ वैशाख (रासस) ः यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter