शुक्रबार, १६ चैत २०८०

प्रदेश ४

तीन घण्टाको बाटो तीस मिनेटमा छोटियो

बाबियाचौर, म्याग्दी, ५ वैशाख : रघुगंगा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएपछि तीन घण्टाका बाटो ३० मिनेटमा छोटिएको छ । बेग र बाँदुक गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि भिर, जंगल र खोल्साखाल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै यात्रा अवधि छोटिएको हो । तीन घण्टाको घुमाउरो बाटो...बाँकी अंश →


म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै

बेनी, म्याग्दी २९ चैत (रासस) ः वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल शुरु भएको हो । पर्यटन समय शुरु भएपछि जिल्लामा पर्यटकको आवागमन बढेको बताइएको छ...बाँकी अंश →


प्रदेश सभामा विधायन समितिको प्रतिवेदन प्रस्तुत

पोखरा, २७ चैत ः प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरियो । प्रतिवेदन प्रस्तुत गर्दै विधायन समितिका सदस्य सावित्रा रानाले विधेयकमाथि विधायन समितिमा विस्तृत छलफल गरी आवश्यक संशोधनसहित प्रतिवेदन तयार...बाँकी अंश →


मन्त्रीहरूको सेवा सुविधासम्बन्धी विधेयक पारित

पोखरा, २६ चैत (रासस)ः प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य...बाँकी अंश →


नियमित विद्यार्थीलाई मासिक रु २००

बेनी, म्याग्दी, २५ चैत (रासस) ः बेनी नगरपालिका–९गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक सय ६० दिन हाजिर हुने विद्यार्थीलाई वार्षिक रु दुई हजार ४०० दिन थालेपछि विद्यार्थी नियमित भएका छन् । प्रतिविद्यार्थी...बाँकी अंश →


डिजिटल पत्रकारिता तालीम शुरु

पोखरा, २५ चैत(रासस)ः नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि कास्कीको धितालस्थित अक्सफाममा डिजिटल पत्रकारिता तालीम शुरु भएको छ । प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी तीनदिने तालीम आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । तालीमको...बाँकी अंश →


आठ जुवाडे पक्राउ

पोखरा, २५ चैत (रासस) ः जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा शुरु गरिएको स्वीप अप्रेसनअन्तर्गत रु ५२ हजार १५ सहित आठ जना जुवाडेलाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १७ ड्यामसाइडस्थित भोगेन्द्र तामाङले सञ्चालन गरेको फ्लोरिडा गेष्ट हाउसबाट चार बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको...बाँकी अंश →


झगडापछि बुहारीले घर जलाइन्

खोटाङ, २२ चैत (रासस) ः ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् । धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले दुईतले घर घरभित्र भएको सम्पूर्ण सामान तथा नजिकै रहेको गाईबस्तु बाँध्ने...बाँकी अंश →


मलेशियामै रोकियो परियारको शव

बेनी, म्याग्दी, २० चैत (रासस) ः रोजगारीका लागि मलेशियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ । गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा...बाँकी अंश →


शिकारमा रमाउँदै विदेशी

बागलुङ । ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको...बाँकी अंश →


पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना...बाँकी अंश →


सेवा सुविधासम्बन्धी विधेयक विधायन समितिमा

पोखरा, १७ चैत (रासस) ः प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले छुट्टाछुट्टै रुपमा मुख्यमन्त्री तथा मन्त्रीले पाउने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter