बिहिबार, १५ चैत २०८०

प्रदेश ७

डेङ्गु नियन्त्रण गर्न काङ्ग्रेसले औषधि छक्र्यो

डडेल्धुरा, १ असोज  नेपाली काङ्गे्रस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ । डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना ¥यालीसहित नेपाली काङ्ग्रेस डडेल्धुराले औषधि छर्किएको हो । तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगको सङ्क्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत...बाँकी अंश →


अनुदानमा व्यावसायिक उखु खेती

कञ्चनपुर, १ असोज  सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उखु खेती विस्तारका लागि कञ्चनपुर–कैलालीका ४५० किसानलाई अनुदान उपलब्ध गराएको छ । आव ०७५÷७६ मा उक्त मन्त्रालयले उखु खेतीका लागि रु एक करोड २५ लाख उपलब्ध गराएकाले किसानले उक्त रकमबाट ६०० बिघा जग्गामा उखु खेती गरेका छन् । कैलालीको...बाँकी अंश →


जोखिम मोलेर बालुवाका भरमा परिवारको जोहो

दार्चुला, १ असोज  महाकाली नगरपालिका–५ खलङ्गाका करनसिंह बोहराले महाकाली नदीको बालुवाका भरमा परिवारको जोहो गर्नुहुन्छ । बर्खायाममा नदीले थुपारेको र बगाएर ल्याउने बालुवा सङ्कलन गरेर उहाँले पाँच जनाको परिवार पाल्नुभएको छ । बैतडीको पुच्र्यौडी नगरपालिका–५ बाट कामको सिलसिलामा २० वर्षअघि यहाँ आउनुभएका बोहराले पूरै परिवार खलङ्गा ल्याउनुभएको छ । शुरुमा...बाँकी अंश →


बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

बाजुरा, १ असोज    गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका...बाँकी अंश →


सुदूरपश्चिममा आज बुन्नढुनी पर्व मनाइँदै

अमरगढी, १ असोज  असोज सङ्क्रान्ति अर्थात् बुन्नढुनी (बूढी) पोल्ने दिन डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यो पर्व धुमधामसँग मनाइँदैछ । प्रत्येक वर्ष असोज १ गते सङ्क्रन्तिका दिन, राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा सुदूरपश्चिम प्रदेशमा यो पर्व मनाइने गरिन्छ । यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने ग्वालाले भाद्र सङ्क्रान्ति अर्थात्...बाँकी अंश →


मूल्य घटाउँदा पनि बिक्री भएन संस्थानको चामल

मार्तडी, ३१ भदौ  जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख...बाँकी अंश →


बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

दार्चुला, ३१ भदौ    अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न नपाएपछि घरमै थन्किएको छ । सङ्कलन...बाँकी अंश →


बजार अनुगमनमा तीव्रता

डोटी, ३१ भदौ  दशँै तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँको बजार अनुगमनमा तीव्रता दिएको हो । दशँै तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ...बाँकी अंश →


ओखरखेती विस्तार गरिने

दार्चुला, ३१ भदौ  जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोनमार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखरखेती विस्तार गरिने भएको हो । स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ओझाका अनुसार चालू आर्थिक वर्षदेखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र...बाँकी अंश →


उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री

डोटी, ३१ भदौ  कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका वडा नं...बाँकी अंश →


गत वर्षकै योजनाको रकम भुक्तानी नहुँदा समस्या

दार्चुला, ३१ भदौ    शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा निर्माण गरेका योजनाको रकम भुक्तानी नगर्दा उपभोक्ता र मजदूर समस्यामा परेका छन् । काम गरेवापत बजेट भुक्तानी नगर्दा उपभोक्ता समितिले काम गर्ने मजदूरलाई ज्याला दिन सकेका छैनन् । जसका कारण अहिले स्थानीयवासी आक्रोशित बनेका छन् । नगरपालिकाको वडा नं ८...बाँकी अंश →


डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा

धनगढी, ३१ भदौ    डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन् । नजिक र छोटो दूरीबाट विभिन्न उमेर समूहका डल्फिन सहजरूपमा देख्न सकिने भएपछि कैलालीका ती नदीका दोभान क्षेत्र सोध, खोज र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter