बुधबार, १२ बैशाख २०८१

श्रम तथा रोजगार

चार सय गैरसरकारी संस्था खारेज

डोटी, ३० असार  ,,  संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । “संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष...बाँकी अंश →


नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन बन्द

बाँके, २७ असार  ,,  नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् । प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक...बाँकी अंश →


भेडापालन लोप हुँदै

बाजुरा, २७ असार  ,,   जिल्लाको स्वामीकार्तिक गाउँपालिकाका पूर्वबहादुर साहीले भेडापालन गरेको लामो समय भयो । उमेरले ६० वर्ष नाघिसक्नुभएका साहीसँग अहिले १०० भन्दा बढी भेडा छ तर पछिल्लो समय यस क्षेत्रमा भेडापालन व्यवसाय नै लोप हुन थालेको उहाँले बताउनुभयो । वनजङ्गलमा चराउने ठाउँ नहँुदा र विभिन्न रोगका कारण भेडा मर्न...बाँकी अंश →


चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ

चितवन, २७ असार   ,,  जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब...बाँकी अंश →


साझाका रात्रिकालीन बस सेवा शुरु

काठमाडौँ, २६ साउन  ,,  साँझ ६÷७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस शुरु...बाँकी अंश →


वर्षासँगै मौरीको चरनमा समस्या

चितवन, २६ असार  ,,  वर्षा लागेसँगै मौरीपालक किसानका लागि चरनको समस्या भएको छ । विशेषगरी वर्षायाममा फूल फुल्ने वनस्पति खेती कम हुने भएकाले चरनको समस्या देखिएको हो । चरनको समस्या भएपछि मौरीका लागि चाहिने आहारा किनेर खुवाउनुपर्ने बाध्यता रहेको किसान बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख...बाँकी अंश →


प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

दमौली, २६ असार  ,,  सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । दश स्थानीय तहमध्ये नौ वटामा शुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ । व्यास नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा उक्त कार्यक्रम शुरु गरिएको हो ।...बाँकी अंश →


चाडपर्व खर्च कटौती नगर्न निवृत्त कर्मचारीको आग्रह

काठमाडौँ, २५ असार   ,,  लामो समय सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीले आफूहरुले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न आग्रह गरेका छन् । पूर्वकर्मचारीले प्राप्त गर्दै आएको सेवा सुविधा कटौतीबाट राष्ट्रसेवकको जोश र जागरलाई असर पुग्ने सक्नेतर्फ ध्यानकर्षण गराउँदै नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घले त्यस्ता खर्च कटौती नगर्न आग्रह गरेको हो...बाँकी अंश →


टिमुर खेतीतर्फ युवा

बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रूपले खेती गरिएको स्थानीय युवा कृषक राजु शाहीले बताउनुभयो । पहिलो चरणमा झण्डै एक रोपनी जमीनमा...बाँकी अंश →


मलको आपूर्ति

धनगढी, २३ असार  ,,  कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई आजबाट कैलालीको धनगढी र बौनिया गरी दुई ठाउँबाट बिक्री वितरण शुरु गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी...बाँकी अंश →


तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन

खोटाङ, २३ असार  ,,  साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३...बाँकी अंश →


अस्ट्रिच अवलोकनले फस्टाउँदै घरबास

बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन् । अस्ट्रिच फार्म अवलोकन गर्न रु १०० को टिकट काट्नुपर्छ । टिकट काटेर फार्मभित्र पुगेपछि अष्ट्रिचसँग रमाउन पाइन्छ । यहाँ अस्ट्रिच फार्म सञ्चालनपछि पहिले सुनसान रहेको बस्तीमा अहिले चहलपहल शुरु भएको छ । गाउँमा अहिले दैनिक २०...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter