बिहिबार, १३ बैशाख २०८१

श्रम तथा रोजगार

सतुवाको व्यावसायिक खेतीतर्फ आकर्षण

पोखरा, १० साउन  ,,  जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ । नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती...बाँकी अंश →


अल्लोबाट उत्पादित कपडाकोे माग बढ्यो

गलकोट, १० साउन  ,,  बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् । ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११...बाँकी अंश →


सिँचाइबाट तीन हजार लाभान्वित

तनहुँ, १० साउन   ,,  तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस...बाँकी अंश →


नमोबुद्धद्वारा इँटा उद्योग हटाउन निर्देशन

काभे्रपलाञ्चोक, १० साउन   ,,  नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योग तत्काल हटाउन निर्देशन दिएको छ । नपाले गत बुधबार भकुण्डे क्षेत्रमा अवस्थित आठ इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दिएको हो । गत माघ महीनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा...बाँकी अंश →


बालश्रम रोक्न दलको सहयोग

डोटी, १० साउन  ,,  जिल्लामा रहेका विभिन्न राजनीतिक दलले बालश्रम रोक्न दिपायल सिलगढी नगरपालिकालाई सघाउने भएका छन् । बालश्रम अन्त्यका लागि लामो समयदेखि अभियान चलाउँदै आएको उक्त नगरपालिकालाई सहयोग पु¥याउन यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन् । नगरपालिकाले दलहरुसँग बालश्रमविरुद्ध लड्न आयोजना गरेको बैठकमा सहभागी नेताले बालश्रम राख्ने तथा हटाउन...बाँकी अंश →


५६ प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर, ९ साउन  ,,   प्रदेश नं १ मा अहिलेसम्ममा ५६.७४ प्रतिशत धान रोपाइँ सकिएको छ । साउन महीनाको दास्रो सातासम्ममा प्रदेश नं १ का तराईका जिल्ला सुनसरी, मोरङ र झापामा ८० प्रतिशत र पहाडमा धान रोपाइँ हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सकिएको कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले जानकारी दिनुभयो...बाँकी अंश →


अझै आइपुगेन ‘मास प्रिन्टर’

काठमाडौँ, ९ साउन  ,,  ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ । तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा...बाँकी अंश →


बेलको जुसतर्फ आकर्षण बढ्दै

तनहुँ, ९ साउन   ,,   वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको हो । बेलको जुस सेवनबाट ग्याष्ट्रिक,...बाँकी अंश →


लोकसेवाको विज्ञापनबारे सरकारको स्पष्ट दृष्टिकोण माग

काठमाडौँ, ८ साउन   ,,  लोकसेवा आयोगको पछिल्लो विज्ञापनको विषयलाई लिएर गरिएको आन्दोलनका बारेमा सांसदहरुले राष्ट्रियसभाको आजको बैठकमा सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ । आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन...बाँकी अंश →


वार्षिक साढे छ अर्बको काठ आयात

काठमाडौँ, ८ साउन  ,,  झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख...बाँकी अंश →


खसीबोका सङ्कलन केन्द्र निर्माण

गोरखा, ७ साउन  ,,  गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ । जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजीकै करीब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब्रज...बाँकी अंश →


पत्रकार कल्याण कोष स्थापना

काभे्रपलाञ्चोक, ७ साउन  ,,  नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले रु पाँच लाखको कल्याण कोष स्थापना गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार १० वर्षे मुद्धति खातामा राखिएको उक्त रकमको ब्याजबाट विपद्मा परेका पत्रकारलाई सहयोग गरिनेछ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter