शुक्रबार, १६ चैत २०८०

श्रम तथा रोजगार

पारिश्रमिकको रकम सामाजिक संस्थालाई

खोटाङ, १० भदौ  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको हो । वडामा गठन...बाँकी अंश →


प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ : प्रम ओली

काठमाडौँ, १५ साउन   ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो,...बाँकी अंश →


अर्थ उपार्जनको माध्यम बन्यो कबुलियती वन

बनेपा, १५ साउन  ,,   पाँचखाल नगरपालिका–९ आँपचौरमा रहेको ‘सिरिसघारी कबुलियती वन उपभोक्ता समूह’ त्यहाँ आबद्ध रहेका सदस्यहरुको अर्थ उपार्जनको माध्यम बनेको छ । डिभिजन वन कार्यालयको सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा २०५१ सालमा दर्ता भएर सबैको सामूहिक प्रयासमा काम अगाडि बढाएपछि अहिले त्यहाँका बासिन्दाको जीवनमा नै सुधार आएको उहाँहरु बताउनुहुन्छ ।...बाँकी अंश →


मन्त्री साहद्वारा डुङ्गा उपलब्ध

राजविराज, १५ साउन  ,,  प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराउनु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासीको आग्रहमा मन्त्री साहले डुङ्गा उपलब्ध गराउनुभएको हो...बाँकी अंश →


किसानमुखी आर्थिक एवं मौद्रिक नीतिको माग

काठमाडौँ, १४ साउन  ,,  अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले कृषिका लागि सबै बैंकले लगानीको १० प्रतिशत ऋण किसानलाई दिनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । सांसद...बाँकी अंश →


कृषिमा क्रान्ति ल्याउने गरी काम गर्न मुख्यमन्त्रीको जोड

हेटौँडा, १४ साउन  ,,  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड भएको छ । प्रदेश ३ सरकार र कृषि विकास बैंकबीच आज हेटौँडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले कृषिमा प्रगति गर्न सामूहिक खेतीमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । बिरूवा रोप्दा...बाँकी अंश →


सात लाख अलैँचीका बिरुवा बिक्री

लमजुङ, १४ साउन  ,,  यहाँका अलैँची कृषकले सात लाख अलैँचीका बिरुवा बिक्री गरेका छन् । लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ । सो बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताउनुभयो । उहाँका अनुसार...बाँकी अंश →


नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

भरतपुर, १४ साउन  ,,  साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएका छन् । भरतपुर...बाँकी अंश →


व्यावसायिक दूध उत्पादन

रुकुमपूर्व, १२ साउन  ,,  मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक भूमे गाउँपालिकास्थित खाबाङमा व्यावसायिक रुपमा दूध उत्पादन शुरु गरेको छ । सहकारीले बुटवलबाट पाँच लाख ५० हजारमा पाँच वटा जर्सी गाई खरिद गरी दूध उत्पादन तथा बिक्री वितरण शुरु गरेको हो । बुटवलबाट माऊ गाई पाँच, एउटा बहर र...बाँकी अंश →


राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

काठमाडौँ, १२ साउन  ,,  राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने...बाँकी अंश →


स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र

खलङ्गा, १२ साउ  ,,  जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ ।...बाँकी अंश →


सेवासुविधा कटाएर विपद् व्यवस्थापन कोष

रुकुमपूर्व, १० साउन   ,,  रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतबाट केही रकम सङ्कलन गरेर गाउँपालिकाले कोष खडा गरेको हो । विसं २०७४ असार २७ गतेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाबाट सेवासुविधा लिनेको वर्षमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter