बिहिबार, १५ चैत २०८०

प्रदेश

लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध ः प्रम

रुपन्देही, १७ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित...बाँकी अंश →


राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

बुटवल, १७ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गर्नुभएको छ । बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...बाँकी अंश →


प्रधानमन्त्री ओली शान्ति ¥यालीमा सहभागी

लुम्बिनी, १७ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा सहभागी हुनुभएको छ । लुम्बिनीबाट शुरु भएको शान्ति ¥यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी हुनुभएको थियो । ¥यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका...बाँकी अंश →


विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा

रामपुर, पाल्पा, १७ वैशाख (रासस) ः बीचमै कक्षा छाड्ने र विद्यालयको घेराभन्दा बाहिर रहेका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । कालिका आधारभूत विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई रिब्दिकोट गाउँपालिकाले निःशुल्क रुपमा दिवा खाजाको शुरुवात गरेको हो । यहाँ रहेका ११६ जना विद्यार्थीलाई एक वर्षसम्मको लागि निःशुल्करुपमा गाउँपालिकाले दिवा खाजा उपलब्ध...बाँकी अंश →


चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

खोटाङ, १७ वैशाख (रासस) ः चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता...बाँकी अंश →


रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव

फलेवास, पर्वत, १७ वैशाख (रासस) ः रक्तक्यान्सर रोगबाट पीडित यहाँको एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका १४ वर्षीय बालक अर्जुन गौतम विगत चार महिनादेखि रक्त क्यान्सर रोगबाट पीडित बनेका हुन् । बाबु मजदूरी गरेर घरायसी खर्च जोहो गर्दै आएको परिवारमा...बाँकी अंश →


उमेश यादबको ब्लड मनिका लागि कतारबाट सफल व्यवसायी अब्दुल बासिदको एक लाख सहयोग

काठमाण्डौँ : उमेश यादबलाई मृत्युदण्डको सजायबाट पाकिस्तानी परीवारले यादबलाई आममाफी दिइसकेका छन् । तर, आममाफी वापत ब्लड मनि ३० लाख पाकिस्तानी रुपयाँको माग गरीएको छ । उक्त ब्लड मनिका लागि सहयोग गर्ने उद्देश्यले जनकपुरका सफल व्यवसायी अब्दुल बाशिदले एक लाख रुपयाँ दिने घोषण गरेका छन् । एनआरएन आइसीसी सामाजिक उद्यमशीलता...बाँकी अंश →


गाउँमा बीउ बैंक स्थापनापछि कृषकलाई सहज

नवलपरासी, १६ वैशाख ९रासस० ः पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९१६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् । नवलपरासीको कावासोती नगरपालिका–१४ अग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र...बाँकी अंश →


राजविराज विमानस्थलको निर्माण कार्य तीव्र

राजविराज, १६ वैशाख (रासस) ः करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालनमा आउने भएको छ । उक्त विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा रहेकाले वैशाखको अन्तिममा यहाँ विमान सञ्चालनमा ल्याइने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष अरुण प्रधानले बताउनुभयो । विसं २०१६ मा तत्कालीन यातायात मन्त्री...बाँकी अंश →


स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

बनियानी, झापा, १६ वैशाख ९रासस० ः झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् । मेचीनगर नगरपालिका– १, २ र ३ नं वडामा बासोबास गर्ने चार हजार ५५० घरपरिवारका १६...बाँकी अंश →


नेपालगञ्जको मेडिकलमा आगलागी

खजुरा, बाँके, १६ वैशाख (रासस) ः नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो...बाँकी अंश →


डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

नै, डोल्पा, १६ वैशाख (रासस) ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ । नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो । त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो । छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter