मङ्गलबार, ०६ चैत २०८०

प्रदेश २

आजपाको मधेस बन्दः १०४ जना पक्राउ

जनकपुरधाम – प्रभु साह नेतृत्वको आम जनता पार्टीले गरेको मधेस प्रदेश बन्दको क्रममा विभिन्न जिल्लाबाट १०४ जना पक्राउ परेका छन्। बिहीबार बिहानैदेखि बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषाबाट रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।...बाँकी अंश →


जब १८ वर्षीया युवती रजीना खातुन एकघण्टे शिक्षामन्त्री बनिन्’

जनकपुरधाम, १५ कात्तिक : ‘रिल’ मा एक दिनका लागि मन्त्री/मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्ने...बाँकी अंश →


मधेस प्रदेश : पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा

जनकपुर, १० असोज : मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते सार्वजनिक विदा दिने...बाँकी अंश →


वीरगञ्जमा तनाब उत्पन्न भएपछि महानगरपालिकाको अगुवाइमा सद्भाव र्‍याली  

वीरगञ्ज, ८ असोज (रासस) मूर्ति बिर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच भएको विवादलाई लिएर वीरगञ्जमा पनि तनाब उत्पन्न भएपछि महानगरपालिकाको अगुवाइमा आज सद्भाव ¥याली निकालिएको छ । वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निष्किएको सद्भाव ¥यालीमा राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, कर्मचारी, बुद्धिजीवीलगायतको सहभागिता थियो । ¥याली पश्चात् जिल्ला प्रशासन कार्यालय...बाँकी अंश →


मलङ्गवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

मलङ्गवा (सर्लाही), २४ भदौ : सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिनुभयो । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका...बाँकी अंश →


सम्मानजनक स्थान नपाए गठबन्धन बस्दैनौँः उपेन्द्र यादव

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई सम्मानजनक स्थान नदिइए गठबन्धनमा बस्न बाध्य नहुने बताएका छन्। पिछडा वर्ग महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधि सभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उत्रिएको दाबी...बाँकी अंश →


युवती र किशोरीलाई अर्केष्ट्रामा काम लगाइदिने भन्दै बेच्न खोजेको आरोपमा दुई पक्राउ

वीरगञ्ज– अर्केष्ट्रामा आकर्षक तलबमा काम लगाइदिने प्रलोभन देखाई एक युवती र एक किशोरीलाई भारत लगेर बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका –९ बस्ने २० वर्षकी लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिक–१२ बस्ने १९ वर्षकी खुश्वु विश्वकर्मा रहेका छन्। पक्राउ परेका दुबै जनाले झापा...बाँकी अंश →


सीमा नाकामा छैन जाँच, भारत आवातजावत निर्बाध

महोत्तरी– महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाधरूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ । अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा...बाँकी अंश →


जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, नेता रामचन्द्र झा घाइते, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम– बजार बन्द गराउन हिँडेका नेकपा दाहाल–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ।प्रहरीसँगको झडपमा नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्। बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट...बाँकी अंश →


जसपा प्रदेश समितिमा एघार जना प्रवासी मनोनीत

( मुन्ना समसुल हक़ ) २५ अक्टोबर २०२० का दिन जनता समाजवादी पार्टी, नेपालको प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिले एघार जनालाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ । विभिन्न मुलुकमा सक्रिय नेपाली समाजले विधि पूर्वक सिफारिस गरेका एघार मुलुकका एकएकजनालाई समितिले छलफल गरि मनोनयन गरेको हो । सम्बन्धित मुलुकका...बाँकी अंश →


अपत्यारिलो हत्या: यौन सम्बन्ध राख्न सहमतिमै हात खुट्टा बाँधियो तर त्यसपछि घाँटी कसियो

बिरगंज - पर्साको कालिकामाई गाउँपालिका-४ मा करिब एक साता अघि भएको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका-२ का ३० वर्षीय शैफुल खान पठान रहेका छन्। असोज २१ गते कालिकामाई गाउँपालिका-४ मा हातखुट्टा कपडाले बाँधिएको, अनुहार कपडाले बेरिएको अवस्थामा एक महिलाको शव स्थानीय खोलामा तैरिरहेको अवस्थामा...बाँकी अंश →


हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा मलंगवामा कर्फ्यू

जनकपुरधाम– सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाइएको छ। शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं‍ ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरु भएको थियो। बाटोमा मुस्लिम समुदायको बस्तीको मस्जिद...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter