शुक्रबार, १६ चैत २०८०

प्रदेश २

हनुमाननगरमा अजिङ्गर भेटियो

राजविराज, ३० भदौ  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५÷२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →


सानो नेते खोलामा पक्की पुल निर्माण

सुरुङ्गा, ३० भदौ  दक्षिणी इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका जोड्ने सडक खण्डको सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि उत्तरी झापा र दक्षिणी इलामका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । अर्जुनधारा नगरपालिका–१ सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि अर्जुनधारा–१ र २ सँगै इलामको दक्षिणी भेगमा पर्ने रोङ...बाँकी अंश →


झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी

सुरुङ्गा, ३० भदौ  तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न...बाँकी अंश →


लागुऔषधसहित पक्राउ

सप्तरी, ३० भदौ  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ...बाँकी अंश →


मिथिलामा जितिया पर्वको तयारी

महोत्तरी, २९ भदौ  मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्र श्राद्ध) शुरु भएसँगै पुत्रवती महिला जितिया पर्वको तयारीमा लागेका छन् । तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) शुरु हुनासाथै पुत्रवती मिथिलानी (मिथिलाका नारी) ले जितियाको चर्चा र तयारी थालेका हुन् । पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर...बाँकी अंश →


बर्दिया जिल्ला इञ्चार्ज र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ

राजापुर, २७ भदौ  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।...बाँकी अंश →


किशोरीमाथि सामूहिक बलात्कार

जलेश्वर, २७ भदौ  महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज प्रहरीले सो घटनाबारे जानकारी गराएको हो...बाँकी अंश →


दूधे बालिकाको मृत्यु

जलेश्वर, २७ भदौ  महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो । बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा...बाँकी अंश →


सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

सुरुङ्गा, २१ भदौ    झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो । सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता...बाँकी अंश →


वर्षा नहुँदा खडेरीको सम्भावना

धनुषा, २६ भदौ    प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा ! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन् । अहिले किसानको घाउमा मलहम लगाउने समयमा प्रदेश सरकार साइकल वितरण गर्ने कार्यक्रममा व्यस्त देखिन्छ । लामो समयदेखि तराईका आठ जिल्लामा वर्षा हुन नसक्दा खडेरीको सम्भावना बढेर...बाँकी अंश →


प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

महोत्तरी, २६ भदौ  प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म...बाँकी अंश →


करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

जलेश्वर, २६ भदौ  महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter