मङ्गलबार, ०४ बैशाख २०८१

प्रदेश २

बेचिएको स्थानबाट २५ दिनपछि घर फिर्ता

जलेश्वर, ९ असोज  महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा...बाँकी अंश →


बर्दिवास शैक्षिक केन्द्र बन्दै

महोत्तरी, ९ असोज  महोत्तरीको बर्दिवासमा मेडिकल कलेज स्थापनाको कुराले गति लिएसँगै यस क्षेत्रमा उत्साह थपिएको छ । उच्च शिक्षामा एकपछि अर्को अवसरको सम्भावना बढ्दै गएपछि बर्दिवास अब शैक्षिक केन्द्र बन्ने कुराले यहाँका सर्वसाधारणमा उत्साह छाएको हो । गत वैशाखमा कार्यालय स्थापना भएको बर्दिवास मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर)...बाँकी अंश →


चार डाँका पक्राउ

धनुषा, ९ असोज  आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३.३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई गरिएको हो । जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्नि्सिङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले...बाँकी अंश →


दक्ष जनशक्तिको अभावले अनलाइन सेवा प्रभावितः सेवाग्राही मर्कामा

महोत्तरी, ९ असोज  मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरेपनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको...बाँकी अंश →


लागुऔषधसहित दुई युवक पक्राउ

लहान, ९ असोज  प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट बरामद भएको र...बाँकी अंश →


चट्याङ लागेर एकको मृत्यु

पर्सा, ५ असोज  वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो । बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागि गम्भीर घाइते...बाँकी अंश →


मिथिलाञ्चलमा जितिया पर्व

जलेश्वर, ३ असोज  सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् ।...बाँकी अंश →


बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास

धनुषा, २ असोज  एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो । बुधबार...बाँकी अंश →


युवकको हत्या आरोपमा गुप्ता र ठाकुर कारागार चलान

जलेश्वर, १ असोज    करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ मा प्रियङ्का वस्त्रालय सञ्चालन गर्दै आएका स्थानीय राजेश गुप्ता र सोही पसलमा काम गर्दै आएका उनका कर्मचारी जलेश्वर नपा–८ बस्ने...बाँकी अंश →


ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै

महोत्तरी, १ असोज  मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको पूजाआराधना गर्न लागिएको हो । पर्वका अवसरमा आज यस भेगका मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्माको पूजाआराधना विशेष...बाँकी अंश →


भारततर्फ लैजाँदै गरेको मटर बरामद

सप्तरी, ३१ भदौ  हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनियामा प्रहरीले छापा मारी गएराति पहेँलो मटर (केराउ) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश बस्नेतको नेतृत्वमा पुगेको टोलीले छापा मारी ठूलो परिमाणमा मटर बरामद गरेको हो । स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा प्रहरीले छापा...बाँकी अंश →


गाईगोरुसहित एक जना पक्राउ

जलेश्वर, ३० भदौ  नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अंसारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रहरी चौकी रघुनाथपुरको टोलीले अंसारीलाई सोनमा गाउँपालिका–३ बाट गाईगोरुसहित नियन्त्रणमा लिएको हो । उनलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter