बुधबार, १२ बैशाख २०८१

प्रदेश २

स्वागतद्वार र अभिननन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित

जनकपुरधाम, २६ वैशाख ९रासस० ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ । हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षति पु¥याएको छ भने अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ । जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म...बाँकी अंश →


सप्तरी कारागारमा दोब्बर कैदीबन्दी

राजविराज, २६ वैशाख (रासस) ः सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ । करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ । पुरुषतर्फको ‘ए ब्लक’ मा १८१ जना र ‘बि ब्लक’ मा ९६ जना पुरुष...बाँकी अंश →


छुरा प्रहारबाट युवकको हत्या

राजविराज, २५ वैशाख (रासस) ः सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ । शिक्षक...बाँकी अंश →


मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

गौशाला, २५ वैशाख (रासस) ः जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिनुभएको छ । मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका...बाँकी अंश →


कतारच्यारिटी द्वारा ६सय घरपरिवार बाढीपिडितलाई जस्तापाता

रौतहट २५ बैसाख रौतहटका ६ सय बाढी पिडित घरपरीवारलाइ कतार च्यारेटीको सहयोगमा ग्रामिण विकास केन्द्र नेपाल आरडिसीले सस्थाले छाना छाउने जस्तापाता बितरण गरीएको छ । एक परीवार लाइ ८ थानका दरले ६ सय परीवार लाइ जस्तापाता बितरण गरीएको छ रौतहट जिल्लाको गौर , राजपुर,परोहा नगरपालिका र यमुनामाई, दुर्गा भगवती गाउपालिकाका...बाँकी अंश →


मोदीको भ्रमणको सदुपयोग गरौँः निधि

जनकपुरधाम, २४ वैशाख (रासस) ः नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भ्रमणलाई जनकपुर–अयोध्या सम्बन्ध विस्तार, हुलाकी सडकको दोस्रो चरणको विस्तार, पूर्वपश्चिम रेलमार्ग निर्माण, राजर्षि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र बृहत्तर जनकपुर क्षेत्र विकास...बाँकी अंश →


ध्वनि प्रदूषण गर्नेमाथि वीरगन्जमा कारबाही सुरु

वीरगन्ज अत्याधिक ध्वनि प्रदूषण गरी सर्वसाधारणलाई असर पु¥याउने दुई युवालाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही सुरु गरेको छ । ध्वनि प्रदूषण गर्नेलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा ऐनअन्तर्गत कारबाही थालेको यो पहिलोपटक हो । ध्वनि प्रदूषण कम गर्न पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि एक भारतीयसहित दुई...बाँकी अंश →


१० महिनामा १५ करणी मुद्दा, ११ बालिका पीडित, छिमेकीबाटै महिला र बालिका असुरक्षित

रमेश तिमलसिना / रौतहट जिल्लामा करणीका मुद्दा बढ्न थालेका छन् । करिब १० महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा १५ वटा करणी घटनाका मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ । तीमध्ये ११ वटा घटनामा बालिका पीडित छन् । महिला तथा बालिकामाथि दिनानुदिन करणीलगायतका आपराधिक घटना बढिरहेका जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकले...बाँकी अंश →


औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा

इनरुवा, २४ वैशाख (रासस) ः जिल्लाको गढी गाउँपालिका–२ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ । गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा गरिएको हो । छुवाछूत मुक्त वडा घोषणा...बाँकी अंश →


दुर्घटना श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

लहान, २४ वैशाख (रासस) ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले...बाँकी अंश →


आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

पर्सा, २४ वैशाख (रासस) ः पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् । घाइते चारैजनाको वीरगञ्जको...बाँकी अंश →


सिरहा अस्पताल मेसुसहित स्थायी चिकित्सकविहीन

लहान, २३ वैशाख (रासस) ः सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ । कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेण्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter