बिहिबार, १३ बैशाख २०८१

प्रदेश १

मादलको व्यापार घट्दो

खाँदबारी, ७ कात्तिक    सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरीद बिक्री शुरु भएको छ । गीत सङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री गर्न थालिएको छ । तिहारमा देउँसी, भैँलो खेल्दा मादल प्रयोग हुने...बाँकी अंश →


पूर्वी नेपालमा केसर खेतीको परीक्षण

भद्रपुर, ७ कात्तिक  झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ । अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ । जौबारी मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर प्रालि स्थापना गरी जौबारीको एक हजार ३००...बाँकी अंश →


सचिवसहित नौजना प्रहरी नियन्त्रणमा

पशुपतीनगर, ७ कात्तिक  जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर...बाँकी अंश →


भेलागढी वनले तान्यो पर्यटकको ध्यान

भद्रपुर, ६ कात्तिक  झापाको हल्दिबारी गाउँपालिकामा रहेको भेलागढी सामुदायिक वनको हाताभित्रको स्थलले पर्यटकको ध्यान तानेको छ । भद्रपुर विमानस्थलबाट करीब तीन किलोमिटरको दुरीमा रहेको को सो वनभित्रको लोकतान्त्रिक शहीद पार्क र पोखरी नै भेलागढको पर्यटकीयस्थल हुन् । गाउँपालिकाले गतवर्ष नै ‘फेरि पनि घुम्न जाउँ हल्दिबारी गाउँ’ भन्ने नारा तय गरेर...बाँकी अंश →


सुनसरीका कृषक तरकारी खेतीतर्फ आकर्षित

इनरुवा, ६ कात्तिक  सुनसरी देवानगञ्ज गाउँपालिका–४ का रुपेश मेहताले एक बिघा पाँच कट्ठा जग्गामा अहिले तरकारी खेती गर्नुभएको छ । मेहताले एक बिघा जग्गामा काउली, दुई कट्ठा जग्गामा बन्दाकोबी र तीन कट्ठा जग्गामा मुला लगाउनुभएकोे छ । मेहताले करीब रु एक लाख ५० हजारको लागतमा तरकारी खेती गर्नुभयो । उहाँ...बाँकी अंश →


गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

सोलुखुम्बु, ६ कात्तिक    थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । अधिकृत राईका अनुसार करीब रु ८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निःशुल्क प्राप्त भएको हो...बाँकी अंश →


कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

खोटाङ, ५ कात्तिक  वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले...बाँकी अंश →


छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा ः अध्यक्ष दाहाल

फिदिम, ५ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । “चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले...बाँकी अंश →


माटोको भाडा बनाउन भ्याइनभ्याई

इनरुवा, ५ कात्तिक  तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा–२ स्थित कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ । एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन्, उनीहरु । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका...बाँकी अंश →


पोरखे लेकको सीमा विवाद चर्किदैँ

मार्तडी, ५ कात्तिक    जिल्लाको पोरखे लेकको सीमा विवादको समस्या टुङ्गिएको छैन । बडीमालिका नगरपालिका–७ र उत्तरी भेगमा रहेका बूढीनन्दा नगरपालिका–९ र १० का स्थानीयवासीबीचको चर्काे प्रतिपादका कारण सीमाको बारेमा विवाद बढ्दै गएको हो । दुई वटा स्थानीय तहको बीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षणविहीन...बाँकी अंश →


युवतीको विभत्स हत्या

भोजपुर, ३ कात्तिक  षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने...बाँकी अंश →


दश दिन बितिसक्दा पनि खुलेन भन्सार कार्यालय

फिक्कल, ३ कात्तिक    दशैँअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैँ बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका–४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि नै बन्द छ । कार्यालयदेखि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter