बुधबार, १२ बैशाख २०८१

कर्णाली प्रदेश

फिजियोथेरापी दिवसमा निःशुल्क शिविर

चिप्लेढुङ्गा, २३ भदौ    विश्व फिजियोथेरापी दिवसको अवसरमा आइतबार पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसिएशन गण्डकीले स्कूल अफ हेल्थ एण्ड एलाइट्स साइन्सेसको सहयोगमा मानवअधिकार चोकमा शिविर गरेको हो । शिविर एक सय ४८ लाई सेवा उपलब्ध गराइएको एशोसिएशनका उपाध्यक्ष डाक्टर अजितकुमार पाण्डेले जानकारी दिनुभयो । शिविर...बाँकी अंश →


राष्ट्रिय प्रसारण लाइनमा जोडियो नौमुले

दैलेख, २२ भदौ  स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा...बाँकी अंश →


पाँच वर्षदेखि पुल निर्माण अलपत्र

जाजरकोट, २२ भदौ    सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःख कष्ट भोग्दै आएका छन् । पाँच वर्षअघि यो खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन । यो बाटो यात्रा गर्दा आकाश हेरेर मात्र यात्रा गर्नुपरेको यात्रुहरु बताउँछन् ।...बाँकी अंश →


कर्णाली विकासको डिजिटल नक्सा तयार हँुदै

जुम्ला, २० भदौ  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताउनुभयो । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक...बाँकी अंश →


मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

जाजरकोट, २० भदौ  जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ । मावि तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखनविरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो । विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । एकोहोरो पाठ्यपुस्तक...बाँकी अंश →


जग्गामा महिलाको स्वामित्व बढ्दै

सल्यान, २० भदौ  सल्यानमा घर जग्गामा महिलाको स्वामित्व क्रमशः बढ्दै गएको छ । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरुको स्वामित्व बढ्दै गएको हो । महिला, दलितलाई घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा...बाँकी अंश →


पोषण एप्सदेखि माटो जाँचसम्म

जाजरकोट, १९ भदौ  भेरी नगरपालिकाले किसानको घर आँगनमै गएर माटो जाँच गरी सुहाउँदो बाली लगाउन प्रत्साहन गर्ने नीतिलाई यो वर्ष पनि निरन्तरता दिएको छ । जिल्लाकै सबैभन्दा बढी खेतीयोग्य जमीन र सम्भावना भएको यो नगरपालिकाको समुचित विकास तथा किसानको जीवनस्तरमा सुधार गर्न गुरुयोजना निर्माण गरी कामको थालनी गरिएको नगरप्रमुख चन्द्रप्रकास...बाँकी अंश →


पेस्तोलसहित तीन पक्राउ

धनगढी, १९ भदौ  धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरू पक्राउ भएको स्वीकार गरेपनि...बाँकी अंश →


धान बालीमा रोग

लमही, १८ भदौ  जिल्लामा किसानले लगाएको धान बालीमा विभिन्न खाले रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखा परेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । “गबारो रोगले धान बाली सखाप पार्न थाल्यो”, तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका कमला वलीले भन्नुभयो । धान बालीमा...बाँकी अंश →


बसको ठक्करले एकको मुत्यु

खलङ्गा, १८ भदौ  जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →


बाह्र सय कर तिर्न हजाराँै खर्च

जाजरकोट, १८ भदौ  खुद्रा पसल दर्ता गरेर रु पाँच लाख पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ । उहाँले भन्नुभयो, “व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा रु...बाँकी अंश →


गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा

दैलेख, १८ भदौ    सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य विभिन्न स्थानमा सोधपुछ गर्ने टोलीले जानकारी दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उच्च बारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter