शनिबार, ०८ बैशाख २०८१

कर्णाली प्रदेश

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित

काठमाडौँ, ३१ वैशाख ९रासस०कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको छ । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा सो क्षेत्रका २५ प्रतिशत गाउँमात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा असुरक्षित रहेको उल्लेख छ । करीब पाँच महिनाको समयअवधिमा गरेको सो अनुसन्धान प्रतिवेदनमा त्यस क्षेत्रका अधिकांश...बाँकी अंश →


कर्णाली राजमार्गमा जोडियो जगदुल्ला

त्रिपुराकोट, डोल्पा, ३१ वैशाख (रासस) जगदुल्ला गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । छिमेकी जिल्ला जुम्लासम्म पुगेको कर्णाली राजमार्गबाट जगदुल्ला गाँउपालिकामा पहिलो पटक जीप पुगेको छ । जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउँपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट बा १९ च १६६८ नंको जिप पुगेपछि स्थानीयवासीले खुशी हुँदै स्वागत गरेको र जीप...बाँकी अंश →


आँधीबेहरीबाट धनजनमा ठूलो क्षति

धनगढी, ३१ वैशाख (रासस)  गएराति कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति पुगेको छ । झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी (बल्ली) खस्दा त्यसमा च्यापिएर गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको हो । यसैगरी आँधीबेहरीका कारण कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र...बाँकी अंश →


जुवातास, लागुऔषधमुक्त कर्णाली प्रदेश ः कानूनमन्त्री भण्डारी

सुर्खेत, ३१ वैशाख (रासस)कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई लागुऔषध दुव्र्यसनी र जुवातासमुक्त प्रदेश बनाउने उद्घोष गर्नुभएको छ । आज गृह जिल्ला जुम्ला पुग्नुभएका उहाँले पत्रकारहरुसँगको भेटघाटमा यो प्रदेशलाई लागुऔषध दुव्र्यसनी र जुवातासमा मुक्त बनाउनुका साथै स्थानीय मदिरा न्यूनीकरणका लागि प्रदेश मातहतका निकायलाई निर्देशनसमेत दिइसकिएको बताउनुभयो ।...बाँकी अंश →


मानव अधिकार रक्षक संजाल सुर्खेतको संयोजकमा अशोक राजी

सुर्खेत,३० बैशाख । मानव अधिकार अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्नका लागि आईतबार सुर्खेतमा तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा अशोक राजीको संयोजकत्वमा १७ सदस्यीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ । थर्ड एलायन्सको पहलमा गठन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी...बाँकी अंश →


स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम

सुर्खेत, २८ वैशाख (रासस) ः विद्यार्थीमा स्मरण शक्तिको विकास गराउने उद्देश्यले जुम्ला तिला गाउँपालिका–३ स्थित सरस्वती मावि कुडारीमा “स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम”को आयोजना गरिएको छ । तिला गाउँपालिका जुम्लाद्वारा आयोजित उक्त दुईदिने प्रशिक्षण कार्यक्रममा ‘तीक्ष्ण स्मरण शक्तिका राजा’ भनेर चिनिने ‘गिनिज बुक अफ वल्र्ड रेकर्डर्स’का युवा अर्पण शर्माले...बाँकी अंश →


कार्यसमिति बैठक बहिष्कार गर्दै केन्द्रीय कार्यालयमा उजुरी 2018-05-09 13:11

त्रिपुराकोट, डोल्पा, २६ वैशाख (रासस) ः जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा काँग्रेस आन्तरिक किचलोमा फसेको हो । गत पुस ३ गते सभापति पक्षले अवैधानिक रुपमा जिल्ला कार्यसमिति विस्तार गरेको आरोपमा सचिव पक्षका समूहले त्यसको विरोध गर्दै आएको छ ।...बाँकी अंश →


कृषि महोत्सव सम्पन्न

सुर्खेत, २५ वैशाख (रासस) ः जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता...बाँकी अंश →


कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

सुर्खेत, २५ वैशाख (रासस) ः कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी भइरहेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षणमा उल्लेख छ...बाँकी अंश →


नाम मात्रका न्यायिक समिति, जनताले न्याय पाउन दुर्लभ

जाजरकोट, २२ वैशाख (रासस)ः न्यायिक समिति सक्रिय नहुँदा स्थानीय तहले गर्ने न्याय सम्पादन प्रभावकारी हुनसकेको छैन । गाउँ तथा नगरपालिकामाउपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीलाई इजलासको अनुभूति हुन नसकेको हो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ११ महिना वितिसक्दा पनि नागरिकले न्याय सम्पादन, विकास, सहज सेवालगायतको अनुभूति गर्न...बाँकी अंश →


नासुको भरमा भेरी नगरपालिका

जाजरकोट, २० वैशाख (रासस)ः यहाँको भेरी नगरपालिका तीन महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ । आफू भन्दा कनिष्ठ कर्मचारी कार्यालयको कार्यकारी प्रमुख अर्थात् हाकिम भएपछि अधिकृतस्तरका कर्मचारीले काम गर्न असहज महसुस भएको बताएका छन् । नगरपालिका मातहत विभिन्न विषयगत निकायमा कार्यरत सातजना अधिकृतस्तरका कर्मचारी छन् । ती अधिकृतस्तरका कर्मचारीले...बाँकी अंश →


ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप

सुर्खेत, १९ वैशाख (रासस) ः राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले सरकारले ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप लगाउनु भएको छ । यही वैशाख १७–१९ गतेसम्म सञ्चालन भई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न महासंघको १० औँ राष्ट्रिय भेलामा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष गहतराजले पछिल्लो समयमा सरकार इसाइप्रति नकारात्मक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter