शुक्रबार, १६ चैत २०८०

कर्णाली प्रदेश

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

खलङ्गा, ५ कात्तिक    जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा...बाँकी अंश →


विकासको केन्द्रमा पर्दैछ जाजरकोट

जाजरकोट, ३ कात्तिक  पाँच वर्षअघिसम्म सडक सञ्जालसँग जोडिन धौधौ भएको जाजरकोट अहिले सडकको केन्द्रविन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि केन्द्रमा परेको हो । राष्ट्रिय सडक तथा क्षेत्रीय सडकहरु जाजरकोट भएर जाने भएपछि जिल्ला केन्द्रमा परेको छ । जमुनाह–छिन्चु–जाजरकोट–डोल्पा हुँदै चीन जोड्ने सडक (भेरी...बाँकी अंश →


सङ्कटमा सिंजा बहुमुखी क्याम्पस

सुर्खेत, ३ कात्तिक  सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन । क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन्...बाँकी अंश →


हत्या अभियोगमा दुई जना पक्राउ

सुर्खेत, २९ असोज  चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१ काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक रहेका छन् । प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा उहाँहरुलाई पक्राउ गरी अनुसन्धान...बाँकी अंश →


दुई विद्यालयमा तलब रोक्का

सिञ्जा, २९ असोज    चन्दननाथ नगरपालिका जुम्लाले दुई विद्यालयकोे खाता रोक्का गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुई विद्यालयको खाता रोक्का गरेको हो । चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख कान्तिका सेजुवालको आदेशमा...बाँकी अंश →


कर्मचारी नहुँदा कार्यालयको काम ठप्प

जाजरकोट, २८ असोज  वर्ष दिन अघि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय धमाधम स्थापना हुन थालेका छन् । प्रदेश तथा सङ्घ सरकारको मातहतमा रहेका कार्यालय पूर्ण स्थापना हुने क्रम बढेको छ । जिल्लामा विषयगत कार्यालय नहुँदा स्थानीयले लामो समय सास्ती खेप्नुपरेपछि हाल कार्यालय पुनःस्थापना भइरहेका छन् । दुई साताअघि जाजरकोटका जनप्रतिनिधिलाई पुनःस्थापना...बाँकी अंश →


मापदण्डविपरीत खोटो सङ्कलनले मासिँदै सल्लेरी

जाजरकोट, १६ असोज    जाजरकोटको विभिन्न सामुदायिक वनमा मापदण्डविपरीत खोटो खोटो सङ्कलन गर्दा सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको छ । जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकालगायतका ४९ सामुदायिक वनमा मापदण्डविपरीत जथाभावी खोटो खोटो सङ्कलन गर्दै आएपछि सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको हो । नियमानुसार...बाँकी अंश →


मृतक परिवारलाई बिमाको रु ५८ लाख प्रदान

खलङ्गा, १६ असोज  प्राइम लाइफ बिमा कम्पनीले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभीड निवासी मृतक लक्ष्मीप्रसाद उपाध्यायको परिवारलाई बिमा गरेबापत दुई किस्ता गरी रु ५८ लाख ५० हजार उपलब्ध गराएको छ । बिमा कम्पनीले एक कार्यक्रम गरी मृतक उपाध्यायकी श्रीमती अप्सरा उपाध्यायलाई दोस्रो किस्ताबापत रु २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरेको...बाँकी अंश →


“किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ?”

सुर्खेत, १५ असोज    आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशँै तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ । तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी...बाँकी अंश →


शैक्षिक संस्थामा महिनावारी हुने छात्राका पीडा

जुम्ला, १३ असोज  तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन । उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको मूलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् । कक्षा कोठाभित्र नगएर बाहिरै...बाँकी अंश →


तीन स्थानीय तहमा बाल विकास कार्यक्रम

सुर्खेत, १२ असोज  कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको...बाँकी अंश →


सुर्खेतलाई अपराधमुक्त बनाउँछौँ ः प्रहरी प्रमुख पन्त

सुर्खेत, १० असोज  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताउनुभएको छ । राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको रासससँगको कुराकानीमा उहाँले बताउनुभयो । “अपराधमुक्त समाज निर्माणका लागि प्रहरी अहोरात्र खट्ने छ नै”, प्रहरी उपरीक्षक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter