मङ्गलबार, ०६ असोज २०७७

कर्णाली प्रदेश

निजी प्रयोगशाला लाई किन अनुमति दिँदैन सरकार?

देशभरी कोरोना संक्रमण संख्या बढ्दै गएपछि प्रयोगशालाहरूमा परीक्षण गर्न बाँकी स्वाबको चाङ लाग्न थालेको छ। यो समस्या समाधान कसरी गर्ने भनेर सरकारले निर्णय गर्न सकेको छैन। एकातिर सरकारी प्रयोगशालाहरूको क्षमताले भ्याउन छाडेको छ। अर्कातिर देशभर पिसिआर मेसिन भएका निजी प्रयोगशाला पनि छन् जसले कोरोना भाइरस परीक्षण गर्न सक्छन्। तर सरकारले...बाँकी अंश →


उपराष्ट्रपति पुन सुर्खेतमा

सुर्खेत, ७ कात्तिक    कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आइपुग्नुभएको छ । उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद...बाँकी अंश →


स्वस्थ्य संस्थामा सुत्केरी भए ः आयोडिनयुक्त नुनसहित खानेतेल

जाजरकोट, ७ कात्तिक    कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन् । जनचेतनाको विकासका...बाँकी अंश →


करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

जाजरकोट, ६ कात्तिक  जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना...बाँकी अंश →


नेकपा नेतामाथि चन्द समूहको आक्रमण

जाजरकोट, ६ कात्तिक  बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण...बाँकी अंश →


तीन वर्षदेखि इलाका प्रशासन बन्द

सिमकोट, ६ कात्तिक    हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीनदेखि बन्द नै रहेको छ । कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन् । कर्मचारी नहुँदा ताजाकोट, चङ्खेली, अदानचुली, सर्केगाड गाउँपालिकाका बासिन्दा सदरमुकाम सिमकोट धाउन बाध्य छन् । सरकारले साविक...बाँकी अंश →


आयोडिन नुन प्रयोगमा वृद्धि

जाजरकोट, ६ कात्तिक  सदरमुकामसम्म आयोडिनयुक्त नुन ल्याउन पहुँच नहुँदा प्रयोग दर घटेकामा अहिले गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि प्रयोग दर बढेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट टे«डिङ कर्पोरेशन लिमिटडेका डिपो स्थापना भएसँगै प्रयोग दर बढेको हो । सदरमुकाममा आयोडिनयुक्त नुन ल्याउनका लागि हजारौँ रकम खर्च गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासीले घर...बाँकी अंश →


अदालतको झल्को दिने गरी नलगाडमा न्यायिक कक्ष

जाजरकोट, ५ कात्तिक    अदालतको झल्को दिने गरी नलगाड नगरपालिकाको न्यायिक समितिले यसवर्षदेखि न्यायिक कक्ष स्थापना गरेरै न्याय सम्पादन गर्न थालेको छ । न्यायिक समितिले प्रभावकारी न्याय सम्पादन गर्न नसकेको गुनासो बढेका कारण कानूनको अनविज्ञता, स्रोत साधनको अभावलगायत कारण देखाएर प्रभावकारी न्याय सम्पादन हुन नसकिएको सम्बद्ध पदाधिकारीले जनाउँदै आएका थिए...बाँकी अंश →


प्रयोगविहीन सुधारिएको पानी घट्ट

सिमकोट, ५ कात्तिक  हुम्लाको सर्केगाड गाउँपालिका–६ बराइगाउँमा असार मसान्तमा निर्माण सम्पन्न भएको सुधारिएको पानी घट्ट प्रयोगविहीन रहेको छ । बराइगाउँमा पानी घट्ट नभएकाले आरभिडब्लुआरएमपी, ग्रामीण जनउत्थान र गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको पानी घट्ट पानी अभावमा अहिले प्रयोगविहीन रहेको स्थानीयवासी कमला सार्कीले बताउनुभयो । बर्खामा पानी उपलब्ध हुने भए पनि...बाँकी अंश →


जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

खलङ्गा, ५ कात्तिक    जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा...बाँकी अंश →


विकासको केन्द्रमा पर्दैछ जाजरकोट

जाजरकोट, ३ कात्तिक  पाँच वर्षअघिसम्म सडक सञ्जालसँग जोडिन धौधौ भएको जाजरकोट अहिले सडकको केन्द्रविन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि केन्द्रमा परेको हो । राष्ट्रिय सडक तथा क्षेत्रीय सडकहरु जाजरकोट भएर जाने भएपछि जिल्ला केन्द्रमा परेको छ । जमुनाह–छिन्चु–जाजरकोट–डोल्पा हुँदै चीन जोड्ने सडक (भेरी...बाँकी अंश →


सङ्कटमा सिंजा बहुमुखी क्याम्पस

सुर्खेत, ३ कात्तिक  सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन । क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन्...बाँकी अंश →


 

ताजा अपडेट

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter