बिहिबार, १३ बैशाख २०८१

प्रदेश ५

महासंघका लागि रु सातलाख

लिबाङ, रोल्पा, ३ जेठ (रासस)  नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याणकारी कोष स्थापनाका लागि हालसम्म रु सातलाख भन्दा बढी रकम संकलन भइसकेको महासंघका अध्यक्ष मानसिंह विश्वकर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार मंगलबार मात्र रोल्पाको लिबाङमा आयोजना गरिएको रकम संकलन कार्यक्रमबाट रु ५४ हजार ११०...बाँकी अंश →


खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

बुटवल, २ जेठ (रासस) ः रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा आज बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो । स्थानीय एक व्यक्तिको घरमा दिनभरि...बाँकी अंश →


सांसद विकास कोषको अवधारणा दोहर्याउन मांग

रुपन्देही, २ जेठ (रासस)  प्रदेश नं ५ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कार्यक्रम र सासंद विकास कोषको अवधारणा दोहो¥याउन माग गरेका छन् । प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर प्रस्ताव बाहेक) का सम्वन्धमा आज भएको छलफलमा उनीहरुले अल्पसंख्यक, पिछडिएको समुदायको...बाँकी अंश →


दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नवलपरासी, २ जेठ (रासस) ः पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथमिक...बाँकी अंश →


लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य

खजुरा, बाँके, १ जेठ (रासस) ः नेपालका लागि अमेरिकी राजदूत अलाइना वि टेप्लिजले सुक्ष्म लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य भएको बताउनुभएको छ । अमेरिकी राजदूतावासको आयोजनामा आज नेपालगन्जमा भएको गोलमेच छलफलमा उहाँले भन्नुभयो, “पारस्परिक जवाफदेहीता स्थापना गर्न तथा सरकार र नागरिक सामाजबीच विश्वासको वातावरण निमार्ण गर्न खुल्ला सरकार सहकार्य...बाँकी अंश →


बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’

रुपन्देही, १ जेठ (रासस) ः नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ । भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ...बाँकी अंश →


वडाबाटै एकीकृत सम्पत्ति कर बुझिने

तुलसीपुर, दाङ, १ जेठ (रासस)  तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न बनेको विधेयक २०७५ र राजपत्र प्रकाशन...बाँकी अंश →


बेचबिखनको उच्च जोखिममा रहेकी चेलिको उद्धार

सनाउल्लाह खान, कृष्णनगर !     बिगत एक दशक देखि मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागी कृयाशिल रुपमा काम गर्दै आएको सस्था के.आई नेपाल कपिलवस्तुले बेचबिखनको जोखिममा पर्न सक्ने एक चेलिको उद्धार गरेको छ ।जिल्ला कास्की लेखनाथ न.पा बस्ने बर्ष 21 कि मुना नाम परिबर्तन लाई कृष्णनगर सिमाबाट उद्धार गरिएको...बाँकी अंश →


आगलागीबाट बीसाँै लाखको क्षति

रोल्पा, १ जेठ (रासस) रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन् । त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार, रमेश परियार...बाँकी अंश →


माटो अभावमा कुमालको पेशा खोसियो

रामपुर, पाल्पा, १ जेठ (रासस) माटोका भाँडा बनाउन आवश्यक पर्ने माटो गाउँमा पाइन छाडेपछि कुमाल समुदायको पेशा नै खोसिन पुगेको छ । पुस्तौँदेखि माटोको भाडा बनाएर जीवन धान्दै आएका पाल्पा रामपुर नगरपालिका–६ मा बसोबास गर्ने कुमाल समुदाय गाउँमा माटो पाइन छाडेपछि पेशा नै खोसिन पुगेकोमा चिन्तित बनेका छन् । दुर्गादेवी...बाँकी अंश →


सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

बुटवल, ३१ वैशाख (रासस)  गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने स्थानमा राति देखिनै पहिरोका कारण अवरुद्ध सडक झन्डै १४ घण्टापछि एकतर्फी खुलेको हो । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा...बाँकी अंश →


बजेट अधिवेशन शुरु

रुपन्देही, ३१ वैशाख (रासस)  प्रदेश नं ५ को बजेट अधिवेशन आजदेखि शुरु भएको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter