शनिबार, ०८ बैशाख २०८१

प्रदेश ४

टोड्के क्षेत्र पर्यटकको पर्खाइमा

बेनी, म्याग्दी, १७ जेठ (रासस) ः मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्के पर्यटकको पर्खाइमा छ । समुद्री सतहदेखि झण्डै दुई हजार ४०० मिटरको उचाइमा रहेको टोड्केबाट उत्तरतर्फ धौलागिरि, अन्नपूर्ण, मानापाथि, नीलगिरिलगायत मनोरम हिमशृंखलाको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट दर्जनौँ गाउँको मनमोहक...बाँकी अंश →


मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत

बुटवल, १६ जेठ (रासस) ः प्रदेश नं ५ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री शंकर पोखरेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बुटवलमा आज बसेको संयुक्त संसदीय दलको बैठकले दलको नेतामा पोखरेललाई निर्विरोध रुपमा चयन गरेको नेकपाका नेता विघटित नेकपा...बाँकी अंश →


प्रदेश नं ४ को दोस्रो अधिवेशन शुरु

पोखरा, १६ जेठ (रासस) ः प्रदेश ४ को दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आजदेखि यहाँ शुरु भएको छ । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र उपसभामुख सृजना शर्माले सदनमा पढेर सुनाउनु भएको थियो । अधिवेशनमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्ताबलाई कार्यान्वयन...बाँकी अंश →


अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन

पोखरा, १६ जेठ (रासस) ः विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ५८ जनाको सहभागिता हुनेछ । उक्त महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङका...बाँकी अंश →


सीमा क्षेत्रमा पर्यटन प्रवद्र्धन गरिँदै

चितवन, १६ जेठ (रासस) ः पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले सक्रियता देखाएको छ । सीमा क्षेत्रका भारतीय शहरमा पुगेर त्यहाँका पर्यटन व्यवसायीमार्फत यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ सौराहाले संयोजन गरी सीमा क्षेत्रमा यहाँको पर्यटकीय महत्वका बारेमा अन्तक्र्रियामार्फत प्रचारप्रसार गर्न...बाँकी अंश →


संगठन सुदृढीकरण अभियानमा तरुण दल

बागलुङ, १६ जेठ (रासस) ः तरुण दल बागलुङले संगठन सुदृढीकरण अभियान थालेको छ । युवा संगठनलाई सशक्त र जागृत बनाउन अभियान थालिएको तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सात स्थानीय तहमा तरुण दलको भेला र अधिवेशनबाट नयाँ नेतृत्व निर्माण भएको छ । बाँकी तीन...बाँकी अंश →


फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल

फलेवास, पर्वत, १६ जेठ (रासस) ः पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् । हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयवासीले पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार...बाँकी अंश →


महिलाको नेतृत्वमा सामुदायिक भवन

बाबियाचौर, म्याग्दी, १६ जेठ (रासस) ः बेनी नगरपालिका–६ छापको भगवती टोलका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहलसहितको सामुदायिक भवनको मंगलबार ११ औँ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडाध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो...बाँकी अंश →


काम अधूरै छाड्ने २७ कम्पनीको नाम मन्त्रालयमा

चितवन, १५ जेठ (रासस) ः जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ । मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । निर्माण कम्पनीमध्ये तीन...बाँकी अंश →


विद्यालयका छात्रालाई सेनिटरी प्याड

फलेवास, पर्वत, १५ जेठ (रासस) ः महाशिला गाउँपालिकाले सबै विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ । महिनावारीका बेला छात्राहरु विद्यालय छाड्न बाध्य हुने गरेको र त्यसले गर्दा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले किशोरीको पठनपाठन प्रभावित नहोस् भनेर गाउँपालिकाका आठ मावि तहका विद्यालयका छात्रालाई...बाँकी अंश →


मुकेशलाई जिउँदो शहीद घोषणा गर्न परिवारको माग

बनेपा, १५ जेठ (रासस) ः “मुकेश उठ, यि हेर त यो के हो ?” बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशकी आमा मीरा कायस्थ उहाँलाई स्याहार गर्ने क्रममा यसरी बोलिरहनु भएको थियो । आमा मीरा र बुबा कृष्णमानले बनेपा नगरपालिका–८ चैतन्य रोड छेउको घरमा रहेको दोस्रो तल्लामा मुकेशलाई यसरी नै...बाँकी अंश →


लक्ष्यअघिनै कटान नियन्त्रण योजना सम्पन्न

बाबियाचौर, म्याग्दी, १५ जेठ (रासस) ः जलजला गाउँपालिका–३ पुल्चोकमा कालीगण्डकी नदी कटान नियन्त्रणका लागि सञ्चालित योजना लक्ष्यभन्दा दुई महिना अघिनै सम्पन्न भएको छ । जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय, बागलुङले २०७५ असार मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता गरेको नदी किनारमा पक्की पर्खाल निर्माण गर्ने योजना वैशाख अन्तिम साता सम्पन्न भएको हो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter