मङ्गलबार, ११ बैशाख २०८१

प्रदेश ७

प्रदेशसभाको दोसो अधिवेशन शुरु

धनगढी, २ जेठ (रासस)ः प्रदेश नं ७ प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आव २०७५÷७६ का लागि ल्याइने बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति (कर प्रस्तावबाहेक) मा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । बैठकमा आर्थिक मामिला तथा योजना...बाँकी अंश →


झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

भीमदत्तनगर, २ जेठ (रासस) कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक...बाँकी अंश →


स्पोर्टस् अवार्ड मनोनयनमा तीन खेलाडी छनोट

भीमदत्तनगर, १ जेठ (रासस)ः वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षक गरी प्रदेश नं ७ बाट चारजना मनोनयनमा परेका छन् । मनोनयनमा पर्नेमा तीन खेलाडी र एक प्रशिक्षक रहेका छन् । बिहिबार आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटासँंगै ब्याडमिन्टन खेलाडी दीपेश धामी, क्रिकेटका...बाँकी अंश →


वर्षायाम नलाग्दै विपद्को सामना

डडेल्धुरा, १ जेठ (रासस)ः पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न थालेका छन् । दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश नं ७ का पहाडी जिल्लामा वर्षायाम अगावैै हावाहुरीसँगै बाढीपहिराको विपद्बाट स्थानीयवासी प्रभावित हुन थालेका छन् ।...बाँकी अंश →


प्रदेश विनियोजन विधेयकलाई स्वीकृति

धनगढी, ३१ वैशाख (रासस) ः प्रदेश नं ७ मन्त्रिपरिषद्कोे आज बसेको बैठकले प्रदेश विनियोजन विधेयक, २०७५ लाई स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक विधेयक, २०७५ तर्जुमा गर्न पनि स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो । यस्तै प्रदेशको...बाँकी अंश →


प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो

2018-05-14 12:44 त्रिपुराकोट, डोल्पा, ३१ वैशाख (रासस) नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा...बाँकी अंश →


चर्चमा बम विस्फोटन,अल्प्संखियक समुदाय भयभीत

धनगढी, ३० वैशाख धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ््यालमा क्षति पुगेको जानकारी दिनुभयो । आज बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको...बाँकी अंश →


महेन्द्रनगरबाट छुटेको बस दुर्घटना ः पाँच जनाको मृत्यु

भीमदत्तनगर, ३० वैशाख (रासस) ः कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु...बाँकी अंश →


गाईपालनबाट एक लाख आम्दानी

बाजुरा, २८ वैशाख (रासस) ः बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ । “आर्थिक समृद्धिका लागि कुनै न कुनै व्यवसाय आवश्यक छ,” उहाँले भन्नुभयो ।...बाँकी अंश →


नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण

धनगढी,२८ वैशाख (रासस)ः नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुर्दशनसिंह धामीले यो क्षेत्रका थप ३१ वटा सीमास्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो । यो सीमा...बाँकी अंश →


तिंकर नाका खोल्न पहल गर्छु ः मुख्यमन्त्री भट्ट

दार्चुला, २६ वैशाख (रासस) ः प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समृद्धिको ठू्लो आधार तिंकर...बाँकी अंश →


करोडौँको जडीबुटी चोरी निकासी हँुदै

बझाङ, २६ वैशाख (रासस) ः जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा वर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ । व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएका छन् । जिल्लाको कूल भू–भागको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकासँग जोडिएको यस नाकाबाट वर्सेनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter